प्रचण्डले भेटे सातै प्रदेशका मुख्यमन्त्री

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशका मुख्यमन्त्रीहरुले भेट गरेका छन् । 

मुख्यमन्त्रीहरूले प्रचण्डसँग प्रदेशमा भएका समस्याहरूबारे जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।  

जवाफमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरूका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएको उनको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर