• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 05:00 am

गुरुयोजनानुसार नै गुफाको व्यवस्थित विकास गर्नुपर्ने

पोखरा ।  गण्डकी प्रदेशसभाका सदस्यले प्राकृतिक गुफाका रुपमा रहेका महेन्द्र गुफा र चमेरे गुफालाई गुरुयोजनाअनुसार नै व्यवस्थित विकास गर्नुपर्नेमा जोड दिएका छन् । बिन्ध्यवासिनी मावि बाटुलेचौरको आयोजनामा गुफा क्षेत्रको विकासका सन्दर्भमा गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने यस क्षेत्रका सांसदसँगको छलफलमा उनीहरूले दुवै गुफाको विस्तृत गुरुयोजना निर्माण भएकाले यसको पर्यटकीय विकासमा प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।

गण्डकी प्रदेशसभाका सार्वजनिक लेखासमितिका सभापति कुमार खड्काले गुफाभित्रको आकर्षण बढाउन सकेमा मात्रै पर्यटकको आकर्षण बढ्ने धारणा राखे । गुफा आसपासको समग्र विकासका लागि पनि आफूहरू एकमत रहेको बताउँदै उनले योजनाको प्रथामिकीकरण गर्न आग्रह गरे ।

सांसद विन्दुकुमार थापाले विकास निर्माणका काममा राजनीतिभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याउँदै वडा नं १६ को विकासका लागि योजना तर्जुमासहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न वडाध्यक्षलाई सुझाव दिए।

अर्का प्रदेशसभा सदस्य प्रभा कोइरालाले महेन्द्र तथा चमेरे गुफाको विकासले यस क्षेत्रको सुन्दरता बढाउने बताउँदै विकासका काममा कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्य मीना गुरुङले सबैको सहकार्यबाट नै प्रदेशलाई समृद्घ बनाउन सकिने उल्लेख गरे । वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, पूर्ववडाध्यक्ष उदयबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले गुफा क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महेन्द्र गुफामा विद्यालयले नाला र कलात्मक रेलिङ्गको निर्माण गरिरहेको उक्त अवसरमा जानकारी गराइयो । पर्यटकीय गन्तव्यका रुपमा प्रदेश सरकारको योजनामा परेको महेन्द्र गुफामा सरकारकै सहयोगमा चिल्ड्रेन पार्क निर्माणका लागि प्रक्रियासमेत शुरु भएको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फलोअप : कानुन उलंघनबारे बोले कानुनमन्त्री भण्डारी, फेरी बोले झुट !

  • १७ चैत, २०७६

सुर्खेत । विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला कर्णाली प्रदेशका कानुनमन्त्रीले कानुनको उलंघन गरेको खबरले कर्णाली प्रदेशमा एक प्रकारको

प्रदेश पाँच सरकारका पाँच निर्णय, सीमामा अलपत्र परेकालाई सम्वन्धित जिल्लामा पठाइने

  • १७ चैत, २०७६

बुटवल । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले विभिन्न निर्णयहरु

चितवन : कोरोना अस्पतालमा उपचार लिने बढे, यस्तो छ सावधानिको तयारी र लकडाउनको प्रभाव

  • १७ चैत, २०७६

चितवन । चितवनका स्थानीय तहले हालै विदेशबाट आएकाहरुको पहिचान गरि सावधानी अपनाउन सक्रियता देखाएको छ ।  लकडाउनलाई सफल बनाउन र कोरोना भाइरसको