कोरोना आशंकामा महाकालीमा २ र सेती अस्पतालमा ३ जना भर्ना

कञ्चनपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको आशङ्कामा कञ्चनपुर स्थित महाकाली अस्पतालमा २ जनालाई भर्ना गरिएको छ । 

शनिवार भारतबाट नेपाल भित्रिएका २ जनालाई उच्च ज्वरो देखिएपछि महाकाली अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका २ जनामा १०० डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिएको थियो ।

परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकृष्ण श्रेष्ठले बताए ।

उनले खकारको नमुना सङ्कलन गरेर पठाइएको जानकारी दिए । ‘हामीले धनगढी पठाएका छौँ । धनगढीबाट काठमाडौँ पठाइन्छ’ उनले भने, ‘नमुनाको रिर्पोट आएपछि मात्रै थप कुरा थाहा हुन्छ ।’

यसअघि कैलालीको सेती प्रादेशिक अस्पतालमा पनि तीन जना कोरोनाको आशङ्कामा भर्ना गरिएको थियो । उनीहरुको पनि खकार नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । 

शनिबार एकै दिन कञ्चनपुरबाट १३ हजार भन्दा बढि नेपाल भित्रिएका छन् । कैलालीको त्रिनगर नाकाबाट पनि शनिबार ४ हजार भित्रिएको क्वारेन्टाइनले जनाएको छ । भारतमा कोरोनाको संक्रमण फैलिएपछि त्रासले त्यहाँ काम गरिरहेका नेपालीहरु स्वदेश फर्किएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर