• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

पाल्पामा सरकारको निर्णयलाई अटेर गर्दै स्थानीय

पाल्पा । विश्वभर फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि नेपाल सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दाबढी जमघट नहुन अनुरोध गरेपनि पाल्पामा भने सोको कार्यन्वय हुन सकेको छैन । 

जिल्लाको बगनासकाली गाउँपालिकाको वडा नं ५ दर्लमडाडाँमा शनिबार मोटरबाटो उपभोक्ता समिती गठनका लागि सरकारको निर्देशन विपरित स्थानीयहरु जमघट भएका हुन । दर्लमडाडाँ माविको प्राङगणमा दरुङ्गा सुपारे मोटरबाटो निर्माण सहयोग समितिका लागि स्थानीयहरु उपस्थित भएको वडाअध्यक्ष इश्वर रानाले बताए ।

शुक्रबार साझ फोनमार्फत मोटरबाटो उपभोक्ता समिति गठनका लागि आफूलाई बोलाएको र धेरै मानसिको जमघट नगरी प्रतिनिधमुलक रुपमा मात्र उपस्थित भएर गठन गर्नुका लागि अरुरोध गरेपनि स्थानीयहरुको धेरै उपस्थित भएको रानाले बताए । दर्लमडाडाँ स्कूलको जग्गाको काम रहेको हुदाँ छोटो समयका लागि मात्र आफू उपस्थित भएको रानाले बताए । सरकारले गरेको निर्देशन पालना गर्नुपर्ने भएपनि स्थानीयहरु धेरै उपस्थित भएको कुरा आफूलाई जानकरी नरहेको रानाको भनाई छ ।

वडा सदस्य टोप प्रसाद न्यौपानेका अनुसार सडक विस्तारका लागि समय धेरै नरहेको हुदाँ सहयोग समिति गठन गर्नुपर्ने भएको प्रतिनिधीमूलक रुपमा उपस्थित गराउन खोज्दापनि स्थानीयहरु धेरै उपस्थित भएको बताए । स्थानीय कुल प्रसाद पौडेलले भने समिति गठन नगरि काम सुरु गर्न नपाएको हुदाँ जमघट भएको बताए । दुइवटा बजेट भएका कारण  र जग्गाधनी सबैको उपस्थितीमा समिती गठन गरेको उनले बताए ।

सरकारले भनेअनुसार अन्य सबै ठाउँ तथा मन्दिरका पुजाआज समेत रोकेको भएपनि बाटोको निर्माणका लागि खुला चौरमा बसेर समिति गठन गरेको उनले बताए । ३ किलोमिटरको सडक निर्माणका लागि प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरि एक करोडको बजेट विनियोजन भएको छ । असार मसान्तमा निर्माण सम्पन गर्नेगरी सडक विस्तारको काम सुरु हुदैछ । स्थानीयको उपस्थितीमा आझै स्थानीय भरत गैरे उपभोक्ता समितिको अध्यक्ष पदमा चयन भएका छन  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर