• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

फुटबलर डिबाला र फेलाईनीलाई कोरोना संक्रमण

एजेन्सी । ईटालियन क्लब युभेन्टरबाट सिरी ए लिग खेललिरहेको अर्जेन्टाईन स्ट्राईकर पाब्लो डिबालालाई कोरोना (कोभिड–१९) को संक्रमण देखिएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार उनी र उनको पार्टनर ओरियानालाई कोरोना संक्रमण परिक्षण गर्दा सकारात्मक देखिएको हो ।

कोरोना लाग्ने डिबाला युभेन्टसका तेश्रो खेलाडी हुन् । यसअघि डानियल रुगानी र ब्लाईस माटुइडीलाई संक्रम पुष्टी भईसकेको छ । 

संक्रमण पुष्टी भएपछि डिबालाले ट्विटर मार्फत भनेका छन्, ‘कोभिड १९ को परिक्षणको रिपोर्ट आएको छ । म र ओरियाना हामी दुवैलाई कोराना पोजेटिभ देखिएको छ ।

चीनमा क्लब फुटबल खेलिरहेका म्यानचेष्टर युनाईटेडका पूर्व खेलाडी फेलाईनीले ट्विटर मार्फत आफुमा कोरोना संक्रमण भएको र उपचार पुरा भएपनि पुन छिट्टै खेलमा फर्कने आशा व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर