• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अमेरिकाको न्यूयोर्क राज्यमा बस्ने दुई नेपालीमा कोरोना पुष्टि

एजेन्सी । अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ । 

पुष्टि भएकामध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए । पारिवारिक स्रोतकाअनुसार उबर चलाउने उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। चिकित्सकको सल्लाह बमोजिम चारदिनपछि फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिनको लेबल कम भएको र निमोनिया देखिएको जनाइएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर