• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भारतमा कोरोना संक्रमणबाट निको भएर पनि मरिरहेका छन् मानिस ! 

एजेन्सी । भारतको जयपुर र मुम्बईमा गरी दुई जनाले कोरोना भाइरसलाई जितेपछि पनि जिन्दगीसँग हारे । त्यसो भए के कोरोना भाइरस लागेर निको भएपछि खतरा रहिरहन्छ ? 

भारतीय सञ्चारमाध्यमका अनुसार, जयपुर र भारतमा मृत्यु भएका बिरामीमा कोरोना भाइरस निको भइसकेको थियो । तर, त्यसपछि अन्य रोगका कारण उनीहरु दुवैको मृत्यु भएको हो । 

यस्तो अवस्थामा उनीहरुको मृत्युको जिम्मेवार कोरोना भाइरस नै भएको भारतीय चिकित्सकले बताएका छन् । 

भारतको मेदान्ता अस्पतालका अध्यक्ष तथा चिकित्सक त्रेहनका अुनसार, कोरानाले पुरै शरीरमा असर पुर्याएर मुटु, फोक्सो, मृगौलामा गम्भिर असर पुर्याउँछ । यो बिल्कुल नयाँ तरिकाको भाइरस हो । 

यसको विशेषताका बारेमा कसैले पनि पत्ता लगाउन सकेका छैनन् । यो भाइरसले पुरै शरीरलाई प्रभाव पार्ने भएको यस भाइरसको संक्रमणमा परेपछि मानिसको मृत्यु हुन्छ । 

कोरोना भाइरसको संक्रमणबाट मुम्बईमा सोमबार तेश्रो व्यक्तिको ज्यान गयो । ६८ वर्षीया फिलिपिनी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारपछि उनको रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएपछि एक नीजि अस्पताल पठाइएको थियो । उनको आइतबार राति अस्पतालमा निधन भयो । 

यसअघि गत २० मार्चमा जयपुरमा एक इटाली नागरिकको मृत्यु भएको थियो । उक्त व्यक्ति पनि कोरोनाको संक्रमणबाट ठिक भएका थिए । ६९ वर्षीया उक्त व्यक्तिको जयपुरको एक नीजि अस्पतालमा मृत्यु भएको थियो । - नवभारतटाइम्स

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर