• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

हेर्नुस् कोरोनाबाट बच्ने केही नयाँ तरिका !

काठमाडौं । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण आज लाखौँ मानिको दैनिकिमा परिर्वतन आएको छ । विश्वका कोरोना संक्रमित अधिकांश देश लक डाउनको अवस्थामा पुगेको छ । 

यसरी विश्वमै नै तरङगित बनाएको भाइरसबाट बच्नको लागि हामीले आफैमा केही उपायहरु अपनाउँनु पर्छ । जस्तै :

– हातमा औंठी तथा घडी नलगाऔं ।  साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन । 

–नंग नपालौं ।

– बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ ।

–सकभर पत्रिका घरभित्र नराखौं ।  अनलाइन संस्करण पढौं 

–पैसाबाट कोरोना भाइरस सर्न सक्छ  ।  पंजा लगाएर पैसाको काम गरौँ  . पैसालाई घाममा राखौं ।

–दुधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निस्संक्रमण गरौँ  ।

–अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ ।

–स्विमिङ  नगरौं 

– दाहिने हातलाई ( बायाँ हात चलाउनेले बायाँ हात ) अनुहार छुनबाट नियन्त्रण गरौँ ।

–मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ  ।

–बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ । घरभित्र आउँदा आफुलाई शंका गरौँ  .

–मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं  ।घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ ।

–देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पुजा गरौँ ।

–हरेक व्यक्तिसंग १.५ मिटरको दुरी कायम गरौँ ।

–पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ ।

–हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं । संक्रमण भयो भने तपाइंले जम्मा गरेका औषधि उपयोगी हुँदैनन् । त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाइंले किनेका खाध्य पदार्थ तपाईंले खान सक्नुहुन्न । 

–कडा औषधि तथा स्टेरोइड सेवन नगरौं , गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउदै हटाउने तरिका सिकौं ।

              

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर