• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोभिड–१९को संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

काठमाडौं । नोभल कोरोना भाइरस(कोभिड्र१९)का कारण अमेरिकामा एकजना नेपालीको मृत्यु भएको छ । 

पुर्ख्यौली घर पाँचथर घर भई हाल अमेरिका बस्दै आएका रमेश (लीला) सम्वाहाङ्फेलाई कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका थिए । उनको  मंगलबार मृत्यु भएको बताइएको छ । 

लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै सम्वाहाङ्फेले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय संचालन गरिरहेको बताइएको छ । 

उनलाई कोरोना भएको पुष्टि भएपछि उनले भिडियोमार्फत् यस भाइरसबाट बच्न सक्दो प्रयास गर्न आफन्तलाई सन्देश दिएको पनि बताइएको छ ।

सम्वाहाङ्फे परिवारसहित अमेरिकामा बसेर व्यावसायमा संलग्‍न थिए । उनकी श्रीमती र दुई छोरा पनि अमेरिकामै रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर