‘लकडाउन’को उल्लङ्घन गर्ने ३७ मोटरसाइकल नियन्त्रणमा

हेटौँडा ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले ‘लकडाउन’को उल्लङ्घन गर्दै आफू खुशी सवारी चलाएको भन्दै ३७ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गर्ने सरकारको आदेश पालना नगरेको पाइएकाले ३७ मोटरसाइकल नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए ।
    
हेटौँडा बजार, मनहरी बजार, दामन पालुङ, चौघडा, शिखरपुरलगायत मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए । मकवानपुरमा अन्य आपत्तिजनक कुनै पनि गतिविधि नभएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर