• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ओलम्पिक खेल एक वर्षको लागि स्थगित

एजेन्सी ।  कोरोना भाइरसको महामारीका कारण टोक्यो ओलम्पिक– २०२० स्थगित हुने भएको छ ।अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखसँग कुराकानीपछि जापानका प्रधानमन्त्री सिन्जो आबे ओलम्पिक खेल हालका लागि स्थगित गर्न तयार भएका हुन् ।

यसअघि ओलम्पिक खेल जुन २४ देखि जापानको टोक्योमा सुरु हुने कार्यक्रम थियो ।एनएचकेको अनलाइन संस्करण अनुसार सन् २०२१ को गृष्मभन्दा ढिलो नहुने गरी ओलम्पिक खेल स्थगित गरिएको हो।

एक साताअघि मात्रै जापानी प्रधानमन्त्री आबे प्रतियोगिता सार्न सहमत भएका थिएनन् ।प्रतियोगिता सार्नका लागि विभिन्न देशका ओलम्पिक कमिटी र खेलाडीहरुले अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी र जापान सरकारलाई दबाब दिइरहेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर