• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरोनाको कहरका बीच चीनमा देखा पर्यो नयाँ भाइरस, एकको मृत्यु

एजेन्सी । विश्वमै महामारीको रुप लिएकोकोरोना भाइरस (कोभिड १९)को उद्गम स्थल मानिएको चीनमा नयाँ भाइरस फेला परेको छ । 

ग्लोबल टाइम्सका अनुसार युनान प्रान्तमा देखा परेको यो नयाँ भाइरसका कारण २३ मार्चमा एक जनाको ज्यान गएको छ । मृतक ३२ वर्षको रहेको र परीक्षणका क्रममा हान्टा भाइरस संक्रमणको पुष्टि भएको थियो । 

कामका लागि सानडोङ प्रान्त पुगेका उनी चार्टर वसबाट सोमबार मात्र फर्किएका थिए । बसमा सवार अन्य ३२ जनाको परी परीक्षण गरिएको छ ।

सीडीसीको रिपोर्टअनुसार यो भाइरस मुसाबाट फैलिन्छ । यदि कुनै व्यक्तिले मुसाको मलमूत्र वा ¥याल छोएपछि अनुहारमा हात लगियो भने संक्रमित हुने खतरा रहन्छ । तर हान्टा भाइरस एक व्यक्तिबाट अर्कोमा नुसर्ने बताइएको छ । यस भाइरस संक्रमण भए नभएको पत्ता लगाउन एकदेखि आठ सातासम्म समय लाग्न सक्छ ।

यदि कोही व्यक्ति संक्रमित भयो भने ज्वरो, रुघा, वान्ता हुने जस्ता लक्षण देखिनेछ । र, संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रिएमा फोक्सोमा पानी जम्मा हुने, श्वास प्रश्वासमा कठिनाइ आउने हुन्छ ।

३१ डिसेम्बरमा पहिलो पटक कोरोना संक्रमण देखिएको चीनको वुहान भने यसबाट मुक्त हुने चरणमा छ । यसबाट ३ लाख ७८ हजारभन्दा बढी संक्रमित भएका छन् भने १६ हजार ८ सय बढीको ज्यान गएको छ ।

जनवरी २०१९ मा हान्टा भाइरसका कारण पाटागोनियामा ९ जनाको मृत्यु भएको थियो । त्यसबेला ६० जनामा संक्रमण भएको र उनीहरु मध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर