प्रदेश प्रमुख शेरचनद्वारा कोरोना कोषमा सहयोग

कास्की ।  गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गरेका छन्। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित सो कोषमा प्रदेश प्रमुख शेरचनले आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गरेका हुन् ।
 
राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा कोषको नाममा रहेको खातामा रकम जम्मा गर्नका लागि प्रदेश प्रमुख शेरचनले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको उनका प्रेस संयोजक रुद्र श्रीसमगरले जानकारी दिए ।

प्रमुख शेरचनले प्रदेशवासीलाई अहिलेका अवस्थामा नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकार अघि सारेको प्रयासमा पूर्ण साथ दिन सम्पूर्ण अपिलसमेत गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर