• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोना भाइरस विरुद्ध लड्न मेस्सीको एक करोड युरो सहयोग

एजेन्सी । कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । कोरोनाको संक्रमण अहिले स्पेनमा बढेको छ । 

मेस्सी र ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि जनही एक मिलियन युरो सहयोग गरेका हुन् । मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् । 

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विश्व फुटबल गतिविधि ठप्प छ। क्लबहरु खेलाडीहरुको तलब घटाउन लागिपरेका छन्। बार्सिलोनाले पनि मंगलबार मात्रै खेलाडीहरुको तलब ७० प्रतिशतले कम गर्न सहमतिको प्रयास गरेको थियो। यस्तोमा खेलाडीहरु भने कोरोनाविरुद्ध लड्न आर्थिक रुपमा सहयोग गर्न अगाडि बढिरहेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर