• मंगलबार १२-२५-२०७६/Tuesday 04-07-2020/ 02:20 pm

कोपिला नेपालले अनलाइनबाट मनोसामाजिक परामर्श दिने

चिप्लेढुङ्गा ।  कोरोना भाइरसको सन्त्रासले मानिसमा देखिन सक्ने मनोवैज्ञानिक असर न्यूनीकरण गर्न कोपिला नेपालले अनलाइन र फोनबाट मनोसामाजिक परामर्श दिने भएको छ । लामो समयदेखि हिंसापीडित महिला र बालबालिकाका क्षेत्रमा काम गर्दै आएको कोपिला सन् २००७ देखि निरन्तर मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले हाल देखिएको विषम परिस्थितिलाई ध्यानमा राखी अनलाइन र फोनबाट  कोभिड –१९ बारे सेवा प्रदान गर्न लागेको कोपिलाका कार्यकारी निर्देशक विना सिलवालले बताए ।

“यो असहज परिस्थिति हो, यसले कमजोर मनोबल हुने जो कोहीलाई असर पार्न सक्छ । मानिसले आफ्नो आत्मविश्वास गुमाउन सक्छन् । यस्तो बेलामा मनोवैज्ञानिक त्रास कम गरेर उनीहरुलाइ सहज अवस्थाका बारेमा बोध गराउन सक्नुपर्छ ।” सिलवालले हालको परिस्थितिले व्यक्तिको दैनिकीमा नकारात्मक प्रभाव पार्नाका साथै बालबालिकामा लामो समय घरमा मात्रै बस्नुपर्दा असर पार्न सक्ने, एसइई परीक्षा स्थगन हुँदा विद्यार्थीमा मानसिक असर देखिन सक्ने तथा विदेशमा वा अन्य ठाउँमा रहनेहरुको मनोबल कमजोर हुन सक्ने बताए । 

यस्तो अवस्थामा अधिकांशमा अत्यास लाग्ने, छट्पटी हुने, निद्रा वा खानामा मन नजाने वा अन्य यस्तै समस्या देखिन सक्ने उनको भनाइ छ । उहाँले २०७२ को भूकम्पका बेला प्रभावित क्षेत्रमा गएर मनोसामाजिक प्राथमिक स्वास्थ्य प्रदान गरिनाका साथै मानसिक स्वास्थ्योपचारमा समेत सहयोग गरिएको बताए । 

गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा काम गरिरहेको सो संस्थाले २०१३ देखि विभिन्न कारणबाट सडक जीवन जिउन बाध्य महिलाका लागि पोखरा– ६ र २८ मा महिला सुरक्षा घरसमेत सञ्चालन गर्दै आएको छ । अहिले घरघर र गाउँगाउँमा पुग्ने अवस्था नरहेकाले फोन, म्यासेन्जर, भाइवर लगायतबाट सहयोग गरिने सिलवालले बताए ।  सेवा प्राप्त गर्नका लागि निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिने छः  विना सिलवाल ९८०२८०२११४, मनोपरामर्श्विज्ञ प्रेम भट्टराई ९८०२८०२१२८ र  डा प्रतिष्ठा वाग्ले ९८४६१४७९१५  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ऊर्जामन्त्री पुनले रोल्पाका सबै पालिकालाई थप स्वास्थ्य सामाग्री पठाए

  • २५ चैत, २०७६

रोल्पा ।ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान  काठमाण्डौं, २४ चैत– ऊर्जा, जलश्रोत ताथ

प्रदेश पाँचका मुख्यमन्त्रीले गरे ६ पालिकाका प्रमुखहरुसँग भिडियो संवाद

  • २४ चैत, २०७६

बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेका

शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख

  • २४ चैत, २०७६

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयां प्रदान गरेको छ ।