• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 05:19 am

प्रवासका नेपालीलाई फर्काउन माग गर्दै परेको रिटमा सुनुवाइ शुरु

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण मुलुक फर्कन खोजेका कामदारहरुलाई सरकारले गैरकान्नी रुपमा रोक्ने निर्णय गरेको दाबीसहित सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलास सुनुवाइ भइरहेको छ । रिट निवेदनमा जुनसुकै मुलुकबाट स्वदेश फर्कन चाहने नेपालीलाई रोक्न नहुने आदेश जारी हुनुपर्ने माग छ । 

अधिवक्ताहरु मीरा खड्का बस्नेत र माधव बस्नेतले सर्वोच्च अदालतमा गत सोमबार दर्ता गरेको रिट निवेदनमा विपत्‌का बेलामा विदेशमा रहेका आफ्ना नागरिकहरुलाई खोजेर ल्याएर उपचारको व्यवस्था गर्नुपर्नेमा स्वदेश फर्कनै रोक्नु गैरकानुनी हुने दाबी गरिएको छ ।

गत गत ५ गते कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठन गरेको उच्चस्तरीय समितिको बैठकले कोरोनाबाट संक्रमित मुलुक र ती मुलुक हुँदै नेपाल फर्कन रोक लगाउने निर्णय गरेको थियो । उक्त समिति कुनै कानुनी आधारमा गठन नभएको दाबी गर्दै त्यस्तो समितिले नागरिकका कुनै पनि अधिकारहरु हनन हुनेगरी निर्णय नै गर्न नसक्ने निवेदनमा उल्लेख छ ।

‘वैध रुपमा विदेश गएका अनि वैध रुपमा नै आफ्नो देश भित्रिएका नागरिकहरुलाई प्रवेश गर्न असहज बनाएको,’ निवेदनमा भनिएको छ, ‘त्यसले विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको मौलिक तथा मानव अधिकार हनन गरी पाशविक व्यवहार गरेको देखिन्छ ।’

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सर्वोच्चको आदेशपछि १ वर्ष कैद भुक्तान गर्न बाँकी १६९ कैदीबन्दी छुटे

  • १७ चैत, २०७६

काठमाडौं। कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन्।  सर्वोच्च अदालतले

सभामुखको अपिल : आत्मानुशासन कायम राखेर यो महामारीलाई परास्त गरौं 

  • १७ चैत, २०७६

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले विश्वमा नै महामारीको पमा फैलिएको कोघिड १९ (कोरोना भाइरस) बाठ बच्न सुरक्षाका उपायहरु अपनाउन अपिल गरेका छन् ।

कोरोना आशंका गरिएकी युवतिको वीर अस्पतालमा मृत्यु, नमुना जाँच गर्न टेकु पठाइयो

  • १७ चैत, २०७६

काठमाडौं । कोभिड १९ (कोरोना भाइरस) संक्रमणको आशंका गरेर वीर अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल