• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेपालमा थप एक जनामा कोरोना संक्रमणः स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरस नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो वेवसाइटमा कोरोना संक्रमितको संख्या तीन पुगेको उल्लेख छ ।

जसमा एक जना पूर्ण रुपमा निको भएका छन् भने दुई जनाको उपचार भइरहेको छ । 

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

तर बुधबार तेस्रो संक्रमित भेटिएका छन् । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर