• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रधानमन्त्री ओलीको सन्देशः म पनि घरमै छु, तपाईंहरु पनि घरमै बस्नुहोस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सन्देश सम्प्रेशण गरेका छन् । बुधबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले आफुपनि घरमै बसेर सरकार संचालन गरिरहेको बताउदै आम नागरिकलाई पनि घरमै बस्न आव्हान गरेका हुन् ।

उनले भनेका छन्,' म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बस्नुहोस ।'

विश्वव्यापी रुपमा फैलिउको कोरोना भईरसको संक्रमणबाट विश्व अक्रान्त भईरहेका बेला सो संक्रमण फैलिन नदिन नेपाल सरकारले ८ दिनका लागि लक डाउन घोषणा गरेको छ । 

मंगलबार बाट सुरु भएको लक डाउन आगामी मंंगलबारसम्म जारी रहने छ । सो अवधिमा सवैलाई घर भित्रै बस्न निर्देशन दिएको सरकारले नागरिकहरु घर बाहिर निस्कन थालेपनि प्रधानमन्त्री ओलीले सार्वजनिक आव्हान गरेका हुन् ।

नेपालमा बुधबार मात्रै तेश्रो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जसमध्य १ जनालाई निको भईसकेको छ भने २ जनाको टेकुस्थित शुक्रराज ट्रपकिल अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर