लकडाउनल दिलायो ऋतिक र सुजैनलाई सँगै बस्ने अवसर

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिन भारत सरकारले बुधबारदेखि २१ दिने भारत लकडाउनको घोषणा गरेको छ । 

भारतभर २१ दिन लकडाउन भएपछि बलिउडका कलाकारहरु पनि घरमै बसेका छन् । यस्तै बलिउड एक्सन स्टार ऋतिक रोशन पनि कोरोनाकै कारण घरमै परिवारसँग छन् । उनको सुजैन खानसँग सम्बन्ध बिच्छेद भएपनि अहिले उनीहरु एउटै घरमा आएका छन् । यसअघि पनि आफ्ना बच्चाका लागी सँगै देखिने यी दुई कोरोनाका कारण सँगै छन् । अभिनेता ऋतिकले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै आफुहरुसँगै भएको जानकारी गराएका हुन् ।

उनले एक स्टाटस लेख्दै उनले सुजैन २१ दिन आफुहरु सँगै बस्न आएको बताएका छन् । उनले सुजैनको प्रशंसा गर्दै भनेका छन् –‘ धन्यवाद सुजैन यति सहयोगी र समझदारी भएकोमा । हाम्रा बच्चाहरूले कथा बनाउनेछन् जुन हामी उनीहरूका लागि बनाउनेछौं । म आशा गर्दछु र प्रार्थना गर्दछु कि हामी आँफै र आफ्ना प्रियजनहरूको स्वास्थ्यलाई जोगाउन, हामी सबैले खुला हृदयले प्रेम, सहानुभूति, साहस, बल व्यक्त गर्ने बाटो भेट्टाउनेछौं’ ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर