• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

लकडाउनमा टेलिकमको अफर : रिचार्जमा शतप्रतिशत बोनस 

काठमाडौं ।  कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ । 

टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त व्यवस्था भोलि बिहिबारदेखि ७ दिनका लागि लागू हुनेछ । टेलिकमको जीएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । वोनस रकमबाट  टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिन्छ भने ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन भने सकिने छैन । 

रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । टेलिकमका अनुसार, रु. १००० को रिचार्जमा प्राप्त हुने  वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । 

एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र, रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र र रु. ५०० देखि रु। ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्नेछ । रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर