• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार बढी

एजेन्सी । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । वर्ल्डोमिटर तथा जोन होप्किन्स युनिभर्सिटीले तयार गरेको डाटा अनुसार मृतकको संख्या २१ हजार १ सय ९८ पुगेको छ भने ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ ।

गत वर्ष नोभेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण संसारभरी फैलिसकेको छ । संक्रमण फैलने डरले एक तिहाई जनसंख्या घरभित्रै छन् । संसारको दोस्रो धेरै जनसंख्या भएको देश भारतमा पनि २१ दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।

चीनबाट सुरुवात भएको कोरोना भाइरसले सबैभन्दा बढी क्षती इटाली र स्पेनलाइ बनाएको छ । त्यहाँ भएको मृत्यु भन्दा इटली र स्पेनमा मृतकको आँकडा बढी छ । इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।

फ्रान्समा पनि बुधबार कोरोना भाइरसको संक्रमणका कारण २ सय ३१ को मृत्यु भयो । यसका साथै फ्रान्समा अहिलेसम्म मृतकको संख्या १ हजार ३ सय ३१ पुगेको छ । यहाँ कूल २५ हजार २ सय ३३ संक्रमित छन् । यीमध्ये २ हजार ८ सय २७ को स्थिती नाजुक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर