• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 02:29 am

राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

काठमाडौं ।  नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारले पठाएको रकम नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरे ।
 
पार्टीको विभिन्न सम्पर्क समितिबाट पठाएको रु एक लाख ३५ हजार ४४१ मा प्रवक्ता शर्माले रु १० हजार थपेर अविष्कार केन्द्रलाई हस्तान्तरण गरेका हुन्  । प्रवक्ता शर्माले खाडी मुलुकमा काम गर्ने नेपालीले आविष्कार केन्द्रका लागि उठाएर पठाएको रकम हस्तान्तरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । उनले भने,“कोरोना सङ्क्रमणबाट लड्न सबै नेपाली हातेमालो गरेर अगाडि बढ्नुपर्छ । ”

केन्द्रका प्रमुख पुनले कोरोना सङ्क्रमणको जोखिमका बीच पनि विदेशमा बसेका नेपालीले केन्द्रलाई सहयोग गरेकोमा धन्यवाद दिए । सबै नेपालीको हातेमालो नै केन्द्र अगाडि बढ्ने उहाँको भनाइ थियो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रादेशिक अस्पताल जनकपुरधामका १७ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

  • १९ श्रावण, २०७७

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको १७ जना कोरोनाबाट संक्रमित भएका छन् । तीन अगाडी आएको स्वाब संकलनको नतिजा र सोमबार आएको स्वाब संकलनको

मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई पिट्ने पनि नेपाली नै भएको पुष्टि

  • १९ श्रावण, २०७७

काठमाडौं । मलेसियामा कार्यरत एक नेपाली सेक्युरिटी गार्डमाथी भएको कुटपिटमा नेपाली नै संलग्न भएको खुलेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार

आफूले रोपेको बिरुवा बगैँचा हेर्न निजी निवास बालकोट पुगे प्रधानमन्त्री ओली ! (तस्वीरहरु)

  • १९ श्रावण, २०७७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बालकोटस्थित निजी निवासमा पुगेका छन् । प्रधानमन्त्री भएको लामो समयपछि उनी निजी निवास पुगेका हुन्