• सोमबार ६-१२-२०७७/Monday 09-28-2020/ 01:35 pm

हात्तीको आक्रमणबाट दुई घाइते

सिन्धुली ।  सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । 

दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उहाँहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए ।

घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई उहाँहरुलाई सुँढले तानेर फाल्दा घाइते हुनुभएको हो । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै हात्तीले घर पूर्णरूपमा क्षति गरेको उनले जानकारी दिए । 

विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उनले बताए । कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरु दोहोरो त्रासमा रहेको उनले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

  • १२ असोज, २०७७

काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका

छिमेकीको हत्या गरी फरार व्यक्ति ३४ वर्षपछि पक्राउ

  • १२ असोज, २०७७

सिन्धुपाल्चोक। हत्या अभियोगमा अदालतबाट सजाय पाएका लिशङ्खुपाखर गाउँपालिका ७ का फुर्पा तामाङलाई ३४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।  २० असोज २०४३

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

  • १२ असोज, २०७७

काठमाडौं ।  कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई