मदाने गाउँपालिकामा प्रवेश गरेकाको तथ्याकं सार्वजनिक
काठमाडौं । गुल्मी जिल्लाको मदाने गाउँपालिकाले विभिन्न देशबाट बिहीबार बेलुकासम्मा प्रवेश गर्नेको तथ्यांक सार्वजनिक गरेको छ । तथ्याकंअनुसार गाउँपालिकामा बिहीबार बेलुकासम्म १०१ जना मानिस भित्रिएका छन ।
गाउँपालिकाका कार्यकारी अधिकृत सुरेश भण्डारीका अनुसार स्थानिय स्तरमा उपलब्ध उपकरणको माध्यमबाट स्वास्थ्य परिक्षण भएको छ । समाचार दैनिकसँग कुराकानी गर्दै उनले अहिलेसम्म कोहीलाई पनि संक्रमण नदेखिएको पुष्टि गरे ।
बाहीरबाट आउने व्यक्तिको स्वास्थ्य परिक्षणका लागि आवश्यक स्वास्थ्यसमाग्री केन्द्रीय सरकारले उपलब्ध नगराउँदा समस्या आएको उनले बताए ।
गाउँपालिकामा ११ शैय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।
प्रतिकृया दिनुहोस