• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मुस्लीम धर्मावलम्बीलाई घरमै बसेर प्रार्थना गर्न आह्वान

एजेन्सी । मुस्लीम धर्मालम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीहरूलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि यस्तो आह्वान गरिएको संस्थालाई उध्रृत गर्दै पिटिआईले जनाएको छ । 

मुसलमान धर्मालम्बीहरु हरेक हप्ता शुक्रवार मस्जीदमा जम्मा भएर प्रार्थना गर्ने परम्परा रहेकोले उनीहरूलाई कोरोना सङ्क्रमणको खतरा धेरै रहेको भन्दै चिन्ता व्यक्त हुँदै आएको थियो ।

जमैतका अध्यक्ष मौलाना अर्शद मदानीले शुक्रवार आफ्नै घरमा बसेर प्रार्थना गर्न समस्त मुसलमान धर्मावलम्बीहरुलाई आग्रह गरेका हुन् । उनले भने, ‘मस्जीदमा भेला भएर प्रार्थना गर्नुको सट्टा घरमै बसेर प्रार्थना गर्न आग्रह गर्दछु ।’

मुस्लीम धर्मावलम्बीहरूले हरेक दिन पाँच पटक प्रार्थना गर्दछन् । ‘सबै मान्छेले भेला हुने कार्यलाई अस्वीकार गर्नुपर्दछ, मानव जीवन रक्षाका लागि यो अत्यावश्यक छ’ उनले भने ।

सरकारी निकायहरुको आग्रह र निर्देशनलाई समेत मध्यनजर गर्दै यस्तो आग्रह गरिएको अध्यक्ष मदानीले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर