दुबई-दिल्ली हुँदै नेपाल आएका कोरोना संक्रमित बुद्द एयरबाट धनगढी पुगेका थिए

धनगढी ।  सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचारमा रहेका कोरोना भाइरस संक्रमित व्यक्ति एक साता अघि दुबईबाट दिल्ली हुदै नेपाल आएको खुलेको छ ।

फ्लाईट ईमरेट्सको ईके ०१५० नम्बरको उडानबाट चैत ६ गते दुबईबाट दिल्ली आएका उनी त्यहाँबाट ७ गते शुक्रवार काठमाण्डौं पुगेका थिए ।

काठमाण्डौंबाट धनगढीको सोझो टिकट नपाएपछि उनले बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट काटेका थिए ।

दिउसो १२ बजेको बुद्ध एयरको नियमित उडानबाट नेपालगञ्ज झरेका उनी त्यहाँबाट माईक्रोबस चढेर धनगढी आएको उनि निकट श्रोतले बताएको छ । स्थास्थ्य मन्त्रालयले आजै पत्रकार सम्मेलन गरि उनिमा कोरोना संक्रमण पुष्टी भएको जानकामरी गराएको थियो ।

सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका उनि नेपालमा कोरोना संक्रमण देखिने मध्यका चौथो व्यक्ति हुन् । यसअघि ३ जना कोरोना संक्रमित देखिएकोमा १ जना उपचार पछि निको भएको छ भने २ जना टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचारारत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर