• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

इटालीमा कोरोना संक्रमितको उपचारमा संलग्न ५१ चिकित्सकको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित इटालीमा चिकित्सक पनि जोखिममा परेका छन् ।

जोखिमका बाबजुत पनि कोरोना संक्रमितको उपचारमा संलग्न मध्ये हालसम्म इटालीमा ५१ जना चिकित्सकको मृत्यु भएको इटालियन एसोसियसन अफ डक्टर्सले जनाएको छ ।

संक्रमितको संख्या अमेरिकामा भन्दा कम भए पनि इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या विश्वमै सबैभन्दा धेरै छ ।

अहिलेसम्म इटालीमा नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट ९ हजार १३४ जनाको मृत्यु भएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर