• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

नेपालमा कोरोनाको पाँचौ संक्रमित भेटियो

काठमाडौं । नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्को बिरामी फेला परेकी छिन् । १९ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो । 

बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले जानकारी दिए । ‘उहाँ  चैत ४ गते ९१७ मार्च० मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो,’ देवकोटाले भने,‘उहाँ अहिले चिकित्सकको सम्पर्कमा  हुनुहुन्छ। उहाँको अवस्था अहिले सामान्य छ।’    

अहिले संक्रमण देखिएकी बागलुङकी  युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई  पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर