कोरोनाको उपचारपछि घर फर्किए हलिउड कलाकार टम ह्यांक्स – रिटा विल्सन

एजेन्सी ।  अभिनेता टम ह्यांक्स र उनकी श्रीमती एवम् अभिनेत्री रिटा विल्सन कोरोना भाइरसबाट मुक्क्त भएका छन् । दुई साता लामो अस्पतालको उपचारपछि घर फर्किएको यी दम्पत्तिले बताएका छन् ।

अभिनेता टमले आफुहरुको उपचारमा रात दिन खटेका अष्ट्रेलियाको गोल्ट कास्ट अस्पतालका चिकित्सक र नर्सलाई धन्यबाद ज्ञापन गरेका छन् । चार्टर प्लेनमार्फत अष्ट्रेलियाबाट अमेरिका फर्कँदै गर्दा उनले धन्यबाद ज्ञापन गरेका हुन् ।

दुई साताको सफल उपचारपछि यी जोडी यतीबेला अष्ट्रेलियाबाट लस एन्जलस् स्थित आफ्नो घर पुगेका छन् । घर पुग्नसाथ शनिबार यी अभिनेताले कोरोनाबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । 

अष्ट्रेलियामा फिल्म सुटिङको क्रममा यी दम्पत्ति बिरामी परेका थिए । उनीहरुलाई ज्वरो आएपछि स्वाव परीक्षणको क्रममा कोरोना भाईरस सँक्रमण देखिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर