• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विर्तामोड नगरपालिकाले विपन्नलाई राहत दिने

आज ५० लाखको विपद ब्यवस्थापन कोष घोषणा 

विर्तामोड । झापा जिल्लाको बिर्तामोड नगरपालिकाले कोरोना महामारी विरुद्ध लड्नको लागि ५० लाखको बिपद ब्यबस्थापन कोष निर्माण गर्ने निर्णय गरेको छ । सो कोषमा नगरका सम्पुर्ण  निर्बाचित जनप्रतिनिधिहरुले एक महिनाको पारिश्रमिक बापतको रकम हस्तान्तरण गर्ने भएका छन् ।

आज बिर्तामोड नगर कार्यपालिकाको बैठकले सहयोग र राहतका कार्यक्रमहरु नगरको उक्त कोष मार्फत नै प्रदान गर्न र एकद्वार प्रणाली लागू गर्न सहयोग दाता सबैमा अपिल समेत गरेको छ ।  वैठकले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने र अति  बिपन्न समुदायलाई लकडाउन अवधीभरका लागि आवश्यक दैनिक खाद्य सामाग्री प्रदान गर्ने निर्णय समेत गरेको छ ।

आगामी ४८ घण्टा भित्र वडा अध्यक्ष , विभिन्न दलका प्रतिनिधि र टोल बिकास संस्थाको संयन्त्र  तथ्यांक संकलन गर्ने र सोही तथ्यांकका आधारमा राहत बितरण गरिने बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटीले जानकारी गराएका छन् ।

आइतबार नेकपाको आन्तरिक नगर संचालन संयन्त्रको बैठकले तत्कालै राहत कोष निर्माण गर्न र अन्य तयारीमा तदारुकताका साथ लाग्न निर्देशन दिएको नेकपा बिर्तामोड नगरका इन्चार्ज एबम् नगर संयन्त्र संयोजक युवराज दाहालले जानकारी दिए ।

‘हिजो पार्टीको संयन्त्र ले गरेका निर्णयहरु तत्काल  कार्यपालिकाको बैठक बसि कार्यान्वयन गर्ने समझदारी भएको थियो ।’ नगर इन्चार्ज दाहालले भने । दाहालले कोरोना भाइरसले पैदा गरेको महामारी विरुद्ध सवैलाई एकभई लड्न अपिल गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर