• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 07:58 pm

भारतमा कोरोना संक्रमित एक हजार नाघ्यो, ‘लकडाउन’ नलम्बिने

तस्विर : एएफपी

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमितको संख्या एक हजार २४ जना पुगेका छन् भने मृत्यु हुनेको संख्या २७ जना पुगेको छ ।

यसबीच भारतमा अहिले लागु भएको  लकडाउन २१ दिनभन्दा बढी लम्ब्याउने योजना नरहेको सरकारले जनाएको छ ।  भारतले गत मङ्गलबारदेखि देशब्यापी लकडाउनको घोषणा गरेको हो ।

सूचना तथा प्रसारण मन्त्रालयको सञ्चार सूचना विभागले सामाजिक सञ्जाल ट्वीटरमा लेखे अनुसार अहिलेसम्म लकडाउन बढाउने योजना सरकारले नबनाएको उल्लेख गरिएको छ । 

सञ्चारमन्त्री राजीव गौबाले लकडाउनको म्याद थप्ने आशङ्काको सोमबार खण्डन गरे । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिदै गएपछि सरकारले लगाएको देशव्यापी लकडाउन मङ्गलवार राति सकिन लागेको छ । 

सरकारले लकडाउन लम्ब्याउन लागेको हल्ला व्यापक चलेपछि सरकारको तर्फबाट सो हल्लाको खण्डन गरिएको हो ।  मन्त्री गौबाले भने, ‘सरकारले २१ दिने लकडाउन लम्ब्याउन लागेको छ भनेर व्यापक हल्लाहरु भै राखेको छ, ति सबै हल्ला गलत हुन्, तोकिएको मितिमा लकडाउन अन्त्य हुनेछ ।’

भारतमा लकडाउन लागु गरिएपछि मजदूर तथा गरिव वर्गलाई नराम्ररी मर्का परेको भन्दै आलोचना भइरहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दिल्लीमा गर्मी बढ्यो, ४५ डिग्री सेल्सीयस पुग्यो तापक्रम 

  • १२ जेठ, २०७७

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ ।  भारतको मौसम विज्ञान विभागले दिएको

जापानले राष्ट्रव्यापी आपतकाल हटायो

  • १२ जेठ, २०७७

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले राष्ट्रव्यापी आपतकाल हटाउने घोषणा गरेका छन् ।  सोमबार देशको नाममा सम्बोधन गर्दै आबेले देशका अधिकांश

पाकिस्तानमा कोरोना संक्रमित बढ्दै, संक्रमितको संख्या ५६ हजार नाघ्यो 

  • १२ जेठ, २०७७

इस्लामावाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको