• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमेरिकी प्रतिबन्धका बाबजुद चीनसँग मिलेर कोरोनाविरुद्ध औषधी बनाउँदै क्युबा

एजेन्सी । क्युबाले विश्वभर फैलिएको नोबेल कोरोनाभाइरसको संक्रमणको उपचारमा सक्षम एक नयाँ ‘चामत्कारिक औषधी’ आफ्नो स्वास्थ्यकर्मीमार्फत् वितरण गरिरहेको बताइएको छ । 

आधा शताब्दीभन्दा लामो समय अमेरिकाको कडा प्रतिबन्धका बाबजुद पनि क्युबाले यस औषधी विकास गर्नका लागि चीनसँग मिलेर काम गरिरहेको एक अमेरिकी पत्रिकाले बताएको छ । 

‘इन्टरफेरोन अल्फा–२बि रिकोम्बिनेन्ट’(आईएफएनरेक) नाम दिइएको यस औषधी क्युबा र चीनका वैज्ञानिकको संयुक्त प्रयासमा विकास भइरहेको एक अमेरिकी साप्ताहिक पत्रिका ‘न्यूजविक’ले जनाएको छ । 

पत्रिकाका अनुसार, क्युबाको ‘द क्युबान मेडिकल ब्रिगेज’ नामक एक समूहले एक दर्जनभन्दा बढी देशमा यस औषधी बनाउने प्रयास गरिरहेको छ । यस समूहले विश्वमा लाखौँ कोरोना भाइरसको संक्रमितको उपचारका लागि ‘एन्टी भाइरल’ औषधी उत्पादन गरिरहेको बताइएको छ । 

सन् १९८० मा फैलिएको डेङ्ग्यु ज्वरोको उपचारका लागि क्युबाले पहिलो पटक यो औषधी प्रयोग गरेको थियो । त्यसपछि पछि आएर एचआईभी, ह्युमन पपिलोमाभिरस, हेपाटाइटिस बि, हेपाटाइटिस सि र अन्य केही रोगको उपचारमा सफल प्रमाणित भएको थियो । 

ग्ल्यासगो विश्वविद्यालयकी होलेन याफेद्वारा लिखित यले विश्वविद्यालयले प्रकाशित गरेको एक प्रेस ब्लग अनुसार, आईएफएनरेक औषधीले कुनै पनि बिरामीमा मृत्युको कारण बन्ने विभिन्न स्वास्थ्य समास्या र जटिलतालाई रोक्न सक्षम रहेको क्युबाको जैविक–विज्ञान विज्ञ लुईस हेरेना मार्टिनेज बताउँछिन् । ‘नोबेल कोरोना भाइरस विरुद्ध एक ‘चामत्कारिक औषधि’ बन्न सक्छ,’ उनले भनिन् । 

क्युबाको सोभियत पछिको आर्थिक अनुभवबारे लेखिएको ‘वि आर क्युबा’ नामक पुस्तकको लेखिका समेत रहेकी हेलेन याफेले न्यूजविकलाई बताएअनुसार, उनलाई नाम थाहा भएको कम्तिमा १५ वटा देशले उक्त औषधी उत्पादका लागि अनुरोध गरेका छन् । उनले क्युबाका स्थानीय सरकारका मेयर तथा चिकित्सकहरु यस विश्वव्यापी संकटमा क्युबेली एन्टी–भाइरल ल्याउन आतुर रहेको याफेले बताएकी छिन् । 

यद्यपि, यस औषधी कोभिड–१९ को उपचारका लागि अनुमति दिइएको छैन, तर यस प्रकारका भाइरसविरुद्ध लड्न प्रभावकारी साबित भएको रिपोर्टमा बताइएको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य विभागद्वारा यस औषधी र अन्य ३० औषधी कोभिड–१९ को उपचारका लागि छानेको थियो । रिपोर्टअनुसार, अब विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस विरुद्ध प्रकारिताका लागि यस औषधी माथि अनुसन्धान गर्ने भएको छ भने अन्य तीन औषधीको पनि अध्ययन जारी राखेको छ । 

क्युबाको महामारी विरुद्ध लड्ने यस अहत्वकांक्षामाथि अमेरिकालदे कडा प्रतिबन्ध लगाइएको छ । यस प्रतिबन्धले क्युबाको विकासमालाई मात्रै बाधा पर्याएको छैन यसले कोभिड–१९ जस्ता स्वास्थ्य संकटलाई जवाफ दिनमा पनि बाधा पुगेको एक क्युबाका अधिकारीले पत्रिकालाई बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर