• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संघीय संसदले सरकारी राहत कोषमा १ करोड पठायो 

काठमाडौं । संघीय संसद सचिवालयले नेपाल सरकारले कोरोना भईरस विरुद्धको अभियानका लागि स्थापना गरेको केन्द्रीय राहत कोषमा पहिलो चरणमा आज १ करोड बढि रकम जम्मा गरेको छ । 

सचिवालयले महालेखा नियन्त्रकको कार्यालय मार्फत आज १ करोड १ लाख ३२ हजार ८ सय रुपैंया कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रण बसन्तराज सिग्देलले जानकारी दिए ।

आज पठाईएको रकम प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा, राष्टिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना,  उपाध्यक्ष शशिकला दाहालले यस अघि घोषणा गरेको एक महिनाको पारिश्रमिक बराबरको रकम पठाइएको हो । 

यस्तै नेकपा संसदीय दलका १ सय ९५ सांसदको आधा महिनाको तलब बराबरको रकम, नीजि सचिवालय, स्थाई तथा करार कर्मचारीका तर्फबाट गरिएको योगदाकनको रकम पनि पठाईएको छ । 

पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद प्रदिप यादव र राष्टिय जनमोर्चाकी सांसद दुुर्गा पौडेलको एक महिना बराबरको तलब पनि कोषमा पठाइएको छ । 

संघीय संसद सचिवालयका अनुसार बाँकि सांसदहरुले कोषमा गर्नुभएको राहत रकम भने अर्को महिना जम्मा हुने छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर