स्वास्थ्यकर्मीको तलब काट्ने बिषयमा कुनै निर्देशन जारी भएको छैन–स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्यकर्मी तथा चिकित्सकको तलव भत्ता कट्टी गर्न कुनै पनि सूचना जारी नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले तलब कट्टाका लागि कुनै पनि पत्राचार नभएको बताएका हुन् ।
चैत ११ गते मन्त्रिपरिषद्को बैठकले सरकारी सेवामा आवद्ध सबैको तलब कट्टाको घोषणा गरे पनि अहिलेसम्म मन्त्रालय अन्तर्गत कुनै पनि कर्मचारीको तलब नकाटिएको प्रवक्ता देवकोटाले जानकारी दिए । सरकारले तीनै तहका निजामति तथा सरकारी कर्मचारिको तलब कटाएर उक्त कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको थियो ।
संक्रमण विरुद्ध सबैभन्दा बढी खट्नुपर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कटाएर कोषमा जम्मा गरिएको भन्दै चौतर्फि विरोध भइरहेको थियो । स्वास्थ्यकर्मीहरूलाई उच्च मनोवलका साथ संक्रमण विरुद्धको लडाईंमा खट्नका लागि अनुरोध गरेको प्रवक्ता देबकोटाले बताए । उनले अहिले मुलुकभर क्वारेन्टाइनमा ८६६० जना, आइसोलेशनमाा १२५ जना रहेको जानकारी दिए । कोरोना संक्रमित ८ जनाको अवस्था सामान्य रहेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस