आफूखुसी राहत वितरण गरेको भन्दै दुई विद्यार्थी नेता पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा आफूखुसी राहत वितरण गरेको भन्दै दुई विद्यार्थी नेता पक्राउ परेका छन् । लकडाउनपछि खाद्यान्न अभावले समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गर्न कञ्चन विद्या मन्दिर सामुदायिक कलेज पुगेका नेकपा निकट अनेरास्ववीयुका जिल्ला सदस्य भुवन विष्ट र अखिल क्रान्तिकारी कञ्चनपुरका नेता नरेन्द्र भाटलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लामा लकडाउनबाट प्रभावित भएकाहरुलाई एकद्धवार प्रणाली मार्फत राहत वितरण गर्नुपर्ने नीतिको उल्लङ्घन गर्दै राहत वितरण गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कञ्चन विद्या मन्दिरका प्राध्यापक मनिस ओझालाई समेत सोधपुछका लागि बोलाईएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र पौडेलले एकद्वार प्रणाली अबलम्बन नगरेर राहत वितरण गरेको भेटिएपछि उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर