• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 02:52 pm

कोरोना सङ्क्रमणबाट ७३ वर्षीय भूपू गोर्खाको निधन

लण्डन ।  लण्डनमा कोरोनाबाट शनिबार थप एकको निधन भएको छ । पुख्र्याैली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिए । 

मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा–बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आउनुभएको थियो । उहाँलाई पहिलादेखि उच्च रक्तचाप र मुटुको रोगसमेत रहेको र गत वर्ष मुटुको शल्यक्रिया पनि गरेको समाजका अध्यक्षले बताए । श्वासप्रश्वासमा कठिनाइ आएपछि उहाँलाई प्रिन्सेस आन अस्पताल साउथह्याम्टनमा एक साताअघि भर्ना गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार सङ्क्रमित

  • ४ जेठ, २०७७

काठमाडौँ ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका

दुबईमा कार्यरत एक नेपालीको कोरोना संक्रमणको कारण निधन

  • २४ बैशाख, २०७७

यूएई ।  दुबईमा कार्यरत एक नेपालीको कोरोना संक्रमणको कारण ज्यान गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्यान

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

  • २१ बैशाख, २०७७

काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ  ।