• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 04:38 am

कञ्चनरुपबाट ४३ जनाको स्वाब सङ्कलन

सप्तरी ।  उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब सङ्कलन गरिएको छ ।

नगरपालिका–१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष सम्बन्धित ३४ जना र नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसेका नौ जना गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत डम्बरप्रसाद गुप्ताले बताए । क्वारेन्टाइनमा बसेका नौ जना भारतबाट आएका स्थानीयवासी हुन् । क्वारेन्टाइनमा रहेका बाँकी २२ जनाको आइतबार आरडिटी गरिएको छ ।
    
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन तीव्र बनाएको छ । शनिबार सप्तरीको बोदे बर्साइनबाट १६१ को स्वाब सङ्कलन गरिएको थियो । कञ्चनरुपमा स्वाब सङ्कलन गरेपछि विज्ञ प्राविधिकको टोली स्वाब सङ्कलन गर्न सप्तकोशी नगरपालिका–१ फत्तेपुर पुगेको छ । 

उदयपुरको सीमामा रहेको फत्तेपुरमा १०० को स्वाब सङ्कलन गर्ने लक्ष्य रहेको टोलीमा सहभागी महाशाखाका फणीन्द्र ज्ञवालीले जानकारी दिए । यसअघि सप्तकोशी नगरपालिकाको वडा नम्बर १, २ र ४ मा १७१, कञ्चनरुप नगरपालिका २ र १२ मा ६६ को आरडिटी गरिएको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तरुण दलको मशाल जुलुशमा प्रहरीद्वारा लाठी चार्ज, आधा दर्जन सामान्य घाइते

  • १८ जेठ, २०७७

जनकपुरधाम । जनकपुरधाममा तीनै तहको सरकारको विरोधमा तरुण दलले निकालेको मशाल जुलुशमा प्रहरीले हसक्षेप गर्नुका साथै लाठी चार्ज गरेको छ । तरुण दलको

क्वारेन्टाइनमा बसेका ४ जनालाई र्‍यापिड पोजेटिभ देखिएपछि भैंसी गोठमा सारियो

  • १८ जेठ, २०७७

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाले र्‍यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई भैंसी गोठमा सारेको छ । आरडीटी पोजेटिभ

परीक्षण बिनै झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिए

  • १८ जेठ, २०७७

बैतडी । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो ।