भारतबाट नेपाली सीमामा छिरेकाहरु आफैँ कोरोना परीक्षण गर्न प्रहरी समक्ष पुगे

जनकपुरधाम । भारतबाट नेपाली सिमामा छिरेका ४ जना नेपालीहरु आफै प्रहरी समक्ष पुगेका छन् । भारतको बिहारबाट आएका चारै जना स्वास्थ्य परिक्षण गराउने उद्देश्यले आफै प्रहरी समक्ष पुगेका हुन् । भारतको नर्मदा बिहार मुजफ्फरपुर कामको सिलसिलामा गएका ४ जना नेपाली विश्व भरी फैलिएको महामारीका कारण भारत सरकारले लकडाउन लगाएपछि उनीहरुलाई कामबाट निकालियो । कामबाट निकालिएपछि चारै जना भारतमै अलपत्र परेका थिए । कामबाट निकालिएको ५ दिन पछि जसो तसो उनीहरु हिँडेर नेपाल भारत सिमाको चोरबाटो हुँदै नेपाल छिरेका हुन् । 

नेपाली सीमामा प्रवेश गरेका चारै जना जनकपुरधामस्थित रामानन्द चोकमा प्रहरी समक्ष पुगेर आफूहरु भारतबाट आएको भन्दै स्वास्थ्य जाँचका लागि पुगेका थिए । उनीहरु चारै जनालाई स्वास्थ्य परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याइएको छ । 

धनुषाको सबैला नगरपालिका वाड नम्बर १३ ढोल बज्जा पर्साहीका ४२ वर्षिय रामअशिस महतो, ४० वर्षिय जवाहरलाल महतो, ३० वर्षिय जानिफ राइन र ४० वर्षिय तिरथलाल महतो कामको सिलसिलामा करिब २ महिना अगाडि भारत नर्मदा बिहार मजफ्फरपुर पुगेका थिए । तर केहि दिन नबित्दै विश्वमहामारीको रुपमा फैलिएको कोराना भाइरसका कारण भारत पुर्ण रुपेन लकडाउन भयो र रामअशिस महतो सहित चार जनाकै काम बन्द भयो । 

भारत लकडाउन भएपछि यिनीहरुले काम गरे बापतको दैनिक ज्यालादारीको हिसाबले पैसा दिएर साहुले कामबाट निकालि दिए । रामअशिस महतोले भने ‘साहुले कामबाट निकालेपछि न त् बस्ने न त् खाने नै ठेनान थियो र भएको पैसाबाट करिब १ महिनासम्म खानेकुरा किनेर आफ्नो दैनिकी जसो तसो चलाए ।’ महतोले अगाडी भने ‘त्यस पछि त् पैसापनि सक्यो पेट त् चलाउनै पर्यो भोकले मान्दैन, १ महिनासम्म न त् त्यहाँको प्रशासनले सहयोग गर्यो न स्थानियले नै, अनि के गर्ने भन्दै भारतमा यसरी बस्नु भन्दा बरु नेपालकै जेल मन्जुर छ् भन्दै, घर तिर जाने पिलान बनाए, र हामी चार जनै घर तिर पैदल नै हिँड्यौँ ।  

५ दिनको हिँडाइस्मा पनि भोक लाग्यो, साथिसंग करिब ३ सय जति भारतिय रुपैया थियो, पैसाले चिउरा र चिन्नी किने, अनि फँक्दै रुखको छाँयामा अराम गर्दै नेपालको महोत्तरी स्थित एक सिमाना नजिक पुगे जनिफ राइनले बताए । 
राइनले भने ‘सिमानाकामा प्रवेश गर्न गाह्रो्र होला सोचेका थियौँ तर संयोगवस सिमानाकामा पुगेपछि पानी पर्न लाग्यो सोही मौका छोपेर खेतीबारी हुँदै नेपाल प्रवेस गर्न सफल भयौँ ।’

उनले अगाडी भने ‘हाम्रो विचार त त्यहीँको क्वारेनटाइनमा बस्ने थियो, तर मनले भन्यो गृह जिल्ला धनुषा नै जाँउ अनी करिब ४ घण्टाको हिँडाइपछि सदरमुकाम जनकपुरको रामानन्द चौक पुगे र प्रहरीलाई सबथोक जानकारी गराएँ ।’ 

भारतबाट नेपाल छिरेका चारै जनालाइ यतिबेला पिसिआर परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त एवंम प्रहरी नयाब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर