• शनिबार २-१७-२०७७/Saturday 05-30-2020/ 02:31 pm

प्रदेश नं २ मा २४१० स्वाबको नमूना सङ्कलन

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५०० जनाको रिपोर्ट आउन बाँकी छ ।

 यसअघि कोरोना प्रमाणित भएका १२ मध्ये चार उपचार गराई घर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शनिबार पत्रकार सम्मेलनमा बताए ।

यस प्रदेशमा चौबीस घण्टादेखि आरडिटी परीक्षण गरिएको छैन । यसअघि यस प्रदेशको आठवटै जिल्ला गरी पाँच हजार २२३ को सो परीक्षण गरिएको थियो । प्रदेशमा शनिबारसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश पाँच : स्थानीय तहका जनप्रतिनिधिलाई सुविधै सुविधा

  • १६ जेठ, २०७७

बुटवल । प्रदेश पाँच सरकारले प्रदेशका स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुलाई सुविधै सुविधा दिने गरी कानुन बनाएको छ । विगतमा मासिक रुपमा पाउदै आएको

रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु 

  • १६ जेठ, २०७७

रोल्पा ।    रोल्पामा आज चट्याङले हानेर २ जनाको मृत्यु भएको छ । त्रिवेणी ७ गैरीगाउँ डाँडामा विहान करिव ९ः४५ बजे परेको चट्याङबाट २ जनाको मृत्यु भएको

कर्णाली प्रदेशको निति तथा कार्यक्रम : रोजगारीदेखि स्वास्थ्यमा जोड 

  • १६ जेठ, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।