लकडाउनमा खानेपानीको जोहो गर्दा बढ्दै कोरोनाको जोखिम

पाल्पा । कोरोना भाईरसका कारण देशभर लकडाउन भएपनि कतिपय ठाउँका स्थानीयले लकडाउनको उल्लघंन नगरी दैनिकी चलाउनै समस्या भएको बताएका छन् । पहाडी जिल्ला पाल्पाका स्थानीयले लकडाउनको प्रवाह नै नगरी खानेपानीको जोहो गर्नुपर्न बाध्यता रहेको छ ।

पहाडी जिल्ला तथा डाडाका बस्तीमा खानेपानीको समस्या विद्यमान रहेको हुँदा स्थानीयले सास्ती खेप्दै आएका हुन् । पाल्पा सदरमुकाम तानसेनसंगै अन्य गाउँहरुमा समेत खानेपानीको समस्या रहेको छ । खानेपानीको जोहो गर्नका लागि दैनिक रुपमा लाईन बस्नुपर्ने बाध्यताका कारण कोरोना भाईरसको जोखिम समेत बढेको तानसेन १ का मुक्तीराम न्यौपानेले बताए ।

उनले खानेपानी उपभोक्ता समितीले समयमा खानेपानी वितरण नगरेका कारण दिनदिनै २० जनाबढी महिलाहरु खानेपानी भर्नका लागी धारमा भिड लाग्ने गरेको बताए । मौसममा सामान्य समस्या हुनासाथ विद्युत सेवा अवरुद्ध हुने हुदाँ खानेपानी वितरण समेत समायमा हुन नसकेको स्थानीयको गुनासो छ । खानेपानीको समस्या संगै यस्ले निम्त्याउने समस्या समेत दैनिक रुपमा बढ्दै गएको छ । पछिल्लो समयमा खानेपानी समस्या समाधान गर्ने तर्खरमा कोरोनाको जोखिा समेत उत्तिकै रहेको स्थानीयले गुनासो गरेका छन् ।

सदरमुकाम तानसेनको खानेपानी समस्या समाधानका लागि कालिगण्डकी नदी किनारबाट लिफ्टिंग गरि ल्याने तयारीमा रहेको योजना समेत लकडाउनका कारण ठप्पर रहेको छ ।  लकडाउनको समयमा सामाजिक दुरी कायम राख्नुपर्छ भन्ने जान्दा जान्दै पनि यहाँका स्थानीयले एउटै धाराबाट खानेपानी भर्नका लागि दैनिक लाईनमा बस्नुपर्दा कोरोनाको जोखिम बढेको स्थानीय लक्ष्मी बस्यालले बताईन । उनले खानेपानीका लागि लाईन बस्नैपर्ने बाध्यता  रहेको हुदाँ लकडाउनको उललघंन गरे पानी भर्दै आएको बताईन ।

लकडाउनको उललघंन भन्दापनी कोरोनाको जोखिम धेरै रहेको उनको भनाई छ । दैनिकी चलाउने खानेपाी नहुदाँ पनी समस्या पानी भर्न जादा पनि समस्या रहेको जिल्लाबासको गुनासो छ ।  यस वर्ष अहिलेसम्म लामो खडेरी नपरेको भएपनि डाडाँका बस्तीमा भने खानेपानीको समस्या सुरु भएको छ ।

जिल्लाको पूर्वी भेगको मित्याल, खानीडाडाँ, उत्तरको बगनासडाडाँ र पश्चिम पाल्पाको भुवनपोखरी, छहरालगायत डाडाँका बस्तीका स्थानीयले कोरोना भाईरसको जोखिम मोलेरै खानेपानी भर्दै आएका छन् ।

सरकारले खानेपानिको समस्या समधानका लागि एक घर एक धाराको अवधारण ल्याएर सुरु भएका आयोजना समेत लकडाउनका कारण प्रभावित हुदाँ जिल्लााबासी थप मारमा परेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर