कोरोना मुक्तभएपछि कोशी अस्पतालबाट छ जना डिस्चार्ज

विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचाररत ६ जना भारतीय नागरिक कोरोना मुक्त भएपछि आज बुधबार बिहानै डिस्चार्ज भएका छन् ।
उदयपुरको भुल्केस्थित मस्जिदमा केही समयदेखि बस्दै आएका भारतीयहरुमा बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएपछि कोशी अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

संक्रमितहरुको दोश्रो र तेश्रो परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको हो ।

कोरोना मुक्त भएका सबै छ जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालबाट बिदाई गर्दै स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उनले कोरोनालाई पराजित गरेकोमा बधाईसमेत दिए ।

कोरोनामुक्त भई ३० वर्षे अनुस जैदी, २९ वर्षे मोहम्मद अजिज, २८ वर्षे मोहम्मद जावेद, २१ वर्षे मोहम्मद अहमद साहेव, ३४ वर्षे मोहम्मद अजिरवान र २६ 
वर्षे मोहम्वद राशिद डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज भएका सबैलाई विराटनगर रानीको एक मस्जिदमा तयार पारिएको क्वारेन्टाइनमा राखिनेछ ।

विराटनगरको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उदयपुरका २८ सहित ३१ जना उपचाररत रहेकामा छ जना डिस्चार्ज भएपछि अब २५ बाँकी रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर