• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

कोरियामा भिसा अवधि सकिएका नेपालीको बिचल्ली : न खल्तीमा पैसा, न दूतावासको सहयोग !

काठमाडौं । कोरियामा भिसा अवधि सकिएर नेपाल फर्कन नपाएका नेपालीहरुले उद्दारका लागि सरकार समक्ष अनुरोध गरेका छन् । समाचार दैनिकसँगको कुराकानीमा जोडिएका समस्यामा परेका नेपालीहरुले फर्कन नपाएको भन्दै गुनासो पोखेका हुन् । 

कोरियाको वुसान सेल्टरमा १४ मार्चदेखि बस्दै आएका राजु सापकोटा आफूसँग भएको पैसा पनि सकिएको र वैधानिक रुपमा काम गर्ने अनुमति नपाउनुले समस्यामा परेको बताउँछन् । उनले भने, ‘लकडाउनको प्रभावमा परेर निकै दिनदेखि बेखर्चि भएर बस्नपरेका छ । नेपालबाट पैसा पठाउनपर्ने अवस्था आउँदा समस्या भएको छ ।’

चार वर्ष १० महिनाको भिसा अवधि सकिएपछि वैधानिक रुपमा काम गर्ने अनुमति नहुँदा समस्यामा परेको उनी बताउँछन् । खान बस्न अहिले नेपाली ५० हजार खर्च हुने उनको गुनासो छ । कोरिया सरकारले वैधानिक रुपमा बसेका विदेशीले पनि अनिवार्य रुपमा नेपाली १२ हजार इन्स्योरेन्स तिर्नपर्ने भएकाले झनै समस्या परेकाले आफूहरुको उद्दार गर्न उनले माग गरेका छन् । 

त्यस्तै, कोरियाकै इन्छन शरमा बस्दै आएका पवन प्रकाश जोशीपनि एक हप्तादेखि काम खोज्न हिँड्दापनि कतै नपाएको गुनासो गरेका छन् । आफूसँग भएको पैसा सकिएपछि उनी कामको खोजी गर्न थालेका छन् । 

उता, २३ मार्चमै नेपाल जाने तयारीमा रहेका उमेश पन्थीको पनि ४५ दिन बितिसक्दा नेपाल जाने अत्तोपत्तो छैन् । नेपाल जानका लागि राजदूतावासमा सम्पर्क गर्दा ‘समाचार हेर्दै गर्नुस्, अहिले हामीले केही गर्न सक्दैनौं’ भन्ने जवाफ आएको उनको गुनासो छ । उनले भने,‘दूतावासमा सम्पर्क गर्दा समाचार हैरेर बस्नुस अहिले हामीले केही गर्न सक्दैनौं भनेर त्यहाँका कर्मचारीले भन्नुभयो ।’

भिसा सकेर विदेशी भूमिमा अलपत्र आफूहरुजस्तै सबैको उद्दार गर्न उनले अपिल गरेका छन् । उद्दारमा लाग्ने सबै खर्च, नेपाल आएर क्वारेन्टाइनमा लाग्ने खर्च लगायतको खर्च आफैंले गरेर भएपनि नेपाली भूमिमा फर्काइदिन पहल गर्नका लागि उनीहरुले अनुरोध गरेका छन् । 

कोरियामा आफूहरुले कमाएको पैसा नेपालमै खर्च गर्न पाउँदा राम्रो हुने भन्दै उनीहरुले सरकारसमक्ष कोरियामा अलपत्र परेका नेपालीहरु ल्याउनका लागि अनुमति मिलाइदिनपर्ने माग अलपत्र परेका नेपालीहरुले राखेका छन् । सबै देशले महामारीको बेलामा आफ्नो देशको नागरिक लगिरहेको भन्दै नेपालले पनि आफूहरुको उद्दारका लागि पहल गर्नुपर्ने उनीहरुको भनाई छ । 

सरकारले कोरियामा नै कोरोना भाइरसको परीक्षण गरेर अनुमति दिएपनि हुने बताएका छन् । साथै, कोरियामा लकडाउन अन्त्य भएसँगै अहिले समाजिक दूरी हटेको छ । कोरियामा कोरोनाको करणले बन्द भएको रेष्टुरेन्ट ,होटल, सपिङ्ग महल, सिनेमाहल, क्लबअरु सुचारु हुन लागेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर