• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 03:04 pm

दुर्गा 'होलटाइमर' भइन

काँठको महिला अझ त्यसमा पनि बुहारी भएपछि कामको बोझ त झन बढने नै भयो । उनको अझ दुइवटा परिचय थपिएको थियो । एउटा समाजले थपिदिएको थियो दलित र अर्को राज्यले थपिदिएको थियो आतङककारीकी श्रीमती । राज्य र समाजले केवल परिचय मात्र थपिदिएको थिएन परिचयसँगै थपिदिएको थियो दुःख ।

बिहान सबेरै उठयो घर दैलो लिपपोत ग¥यो । घरमा रहेका बस्तुभाउको कुडो पानी ग¥यो । खाना बनाएर सबैलाइ खुवायो, परेको बेला मेला पर्म ग¥यो । बस् दुर्गााको दैनिकी यसरी नै बितिरहेको थियो । दुर्गाको मात्र हैन काँठका औसत महिलाको दैनिकी यस्तै देखिन्थ्यो ।

बेलुका काँठबाट शहर हेर्दा कम्ति राम्रो देखिदैन तिहारको लक्ष्मी पुजाको दिन जस्तै झलमल्ल बलेको शहरमा सधै रमाइलो देखिने । चुठ्न रछ्यानमा निस्कदा होस वा भाडा माझ्न निस्कदा होस शहरको रमाइलो सधै देखिन्छ । हिड्दा एकाध घण्टामा पुगिने शहर र काँठमा कति धेरै फरक छ । छाक टार्न कति मुस्कील, छैन भन्दा घर छ ,बारी र खेत समेत छ तर न त खेतबारीको उब्जनीले खान पुग्ने न त रोजगारी नै । 
यसो शहर झ¥यो पाए सानोतिनो काम गर्यो र त्यही पैसाले गुजारा चलायो । जिन्दगी यसरी नै चल्दै थियो ।

श्रीमानले शहरबाट ज्यालामा ल्याएर केही कपडा सिलाउथे । गाउमा बिष्ट पनि थिए । जिवनले सुख थाहा नपाए पनि जिवन चलेकै थियो । घर धानिएकै थियो । उनका श्रीमान हर्कको माओबादीसँग झुकाव थियो । म त माओवादीमा भुमीगत भएर जान्छु है दुर्गा भनेर बेला बेलामा उनले नभनेका पनि हैनन् । तर सधै झै दुर्गाले आँखाबाट पिलपिल आशु झारेपछि  ल ल म जान्न भन्दथे । एक दिन सिरानीमा सानो चिठी 

छाडेर हर्क बाहादुर उर्फ हर्के माओवादीको पुर्णकालिन कार्यकर्ता भएर भुमिगत भए ।

दुर्गाका श्रीमान माओवादीमा गएको गाँउमा गाइ गुइ हल्ला चल्न थाल्यो । घरमा सेना र प्रहरीको छापा मार्नेक्रम पनि बढ्यो । मध्यरातमा मारिने छापा र छापा मर्ने क्रममा सुरक्षा फौजले प्रयोग गर्ने भाषा र ब्यबाहारले घरमा एक प्रकारको आतङ्कको सृजना नै गर्दथ्यो । गाउलेकालागि दुर्गा अछुत त पहिला देखिनै थिइन अझ श्रीमान माओबादी भएपछि त गाँउलेले एउटा अपराधिकी श्रीमती हो भन्ने जस्तो ब्यवाहार गर्न थाले ।

घरमा श्रीमान हुदाँसम्म घर जेनतेन चलेकै थियो । श्रीमानले कपडा सिलाएर घर चलाएकै थिए । अब श्रीमानको अनुपस्थिीतिमा घरको खर्च चलाउने दायित्व पनि दुर्गाकै काँधमा आइपुग्यो । दुःखका दिन झन बढेर गए । श्रीमानले घर चलाउन भरथेग नगरेको भन्दा पनि दुर्गालाइ अर्को पिरलो थपियो । कतै श्रीमानलाइ केही भै हाल्यो भने ........... । सम्झदै उनको आङ सिरिङ्ग हुन्थ्यो । जिउ त्यसै फुलेर आउथ्यो । अनी आँखा चिम्लिएर सम्झेजति देवताको नाम लिएर मनमनै भन्थिन  त्यस्तो नहोस ।

उनलाइ राजनीति प्रति त्यति चासो थिएन । राजनीतिमा चासो नभएपछि राजनीति बुझने कुरो पनि भएन । उनी त शुद्ध गृहर्णी थिइन । साचै भन्नुपर्दा उनी समाचार समेत सुन्दैन थिइन । श्रीमान भुमीगत भएपछि भने राजनीति प्रति उनको केही चासो बढयो । उनी प्राय समाचार नबिराइ सन्ुन थालिन । समाचार सुन्न बस्दा उनको अनुहारमा एक प्रकारको भय नाचिरहेको हुन्थ्यो भने समाचार सकिदा लामो सास फेरेर उठदथिन । र, मनमनै भन्थिन धन्न ....... आज चै नराम्रो समाचार सुन्न परेन ।

श्रीमान भुमीगत भएपछि उनको र श्रीमानको भेटघाट एकदमै कम हुन थाल्यो । भुमीगत रुपमा हुने यस्तो भेटघाटको ब्यग्र प्रतिक्षामा भएता पनि भेट हुदाँ भन्छु भनेर आँटेका सबै कुरा भन्न सक्दिन थिइन । श्रीमान भुमिगत भएदेखि उनको र श्रीमानको केबल तिन पटक मात्र भेट भयो । किन किन श्रीमान भेटदा उनको आँखामा आशु पहिला आउदथे ।

तेस्रो पटकको भेट काठमाडौंको कुनै कमरेडको डेरामा भएको थियो । ‘तपाइ यस्तो अप्ठ¥यारो बाटोमा किन हिडेको ? मलाइ त डर लागि रहेको छ । कतै तपाइलाइ केही भयो भने हाम्रो के हाल हुन्छ ’ । श्रीमानको काँखमा टिलपिलाउदो आँखा सहितको टाउको बिसाउदै उनले सोधिन ।

‘हेर सानु ! कसलाइ पो अप्ठ¥यारो बाटो हिडन मन हुन्छ र ।’ जवाफ दिदै उनको श्रीमानले भने । ‘ क्रान्ति रहर हैन बाध्यता हो । समाजमा रहेको शोषण र अत्याचार टिकाउन राज्यले बन्दुकको साहारा लिएको छ त्यसका बिरुद्ध हामीले पनि हतियार उठाएका हौ । हामीलाइ नै हेर न हामी दलितको कोखबाट रोजेर जीन्मएका हौ र ! कुकुरले पाउने जति सम्मान यो समाजले हामीलाइ दिदैन । हामी रातदिन काम गर्छौ तैपनि गरिब छौ । तर काम नै नगरिकन पनि केही मानिस भने धनि छन ।

हामीहरु गरीब ,निमुखा जनताले पनि काम पाउनु पर्छ । तिनको पनि इज्जत हुनुपर्छ । सबैका छोरा छोरीले समान रुपमा पढने अबसर पाउनु पर्छ । सबैले उपचार पाउनु पर्छ भनेर हो हामीले यो क्रान्ति गरेको । पोहर साल पल्लाघरे काका मुटुको भल्ब फेन नसकेर मरेको देखिनौ र । लुटेराहरुको राज्यमा गरीबहरुलाइ त बाच्ने अधिकार समेत छैन । तर हेर एक दिन गरिबहरुको राज्य बनाउछौ हामी । निश्चयकासाथ भने उनले ।

‘ गरिबको पनि दिन फिर्ला र’ ! अनिश्चयको भावमा दुर्गाले प्रश्न गरिन । ‘आउछ नी लाटी आउछ  त्यही ल्याउन त हामी हिडेको’ हर्क बाहादुरले जवाफ दिएर आश्वस्त पार्न खोजे । 

‘घरमा बा , आमा, छोराछोरी सबै नियास्रिएका छन । तपाइ यता हुनुहुन्छ । कतै तपाइलाइ केही भयो भने ..... मलाइ त यही कुराको मात्र डर लागिरहेको छ ’ धत लाटी ! मलाइ केही हुदैन कि त म शहिद हुन्छु कि त क्रान्ति जितेर फर्कन्छु । यो क्रान्तिमा हामी सबै लाग्नु पर्दछ । पिर नगर कसै न कसैले त देश र जनताको पक्षमा लडनै पर्छ । अब छुटियु होला म बिषेस काममा जानु छ ।  बा, आमा र छोराछोरीलाइ सम्झना सुनाइ दिनु ’ भन्दै हर्क बाहादुर दुर्गासँग छुटिए । 

हर्क बाहादुरसँग छुटिएको केही महिना पछि रेडियोबाट समाचार आयो हर्क बाहादुर उर्फ हर्के नाम गरेको आंतककारी सुरक्षाकर्मीसँगको दोहोरो मुडभेडमा मारियो । जुन खबर सुन्न नपरोस भनेर दुर्गा सधै समाचार सुन्दथिन आज त्यही समाचार सुन्न प¥यो । उनकालागि यो भन्दा नरमाइलो खबर यो दुनियाँमा थिएन । राज्यले आंतककारी भनेर मारेको हर्के उनको जिवनको आस्था ,भरोसा र जीवन थियो । बलिन्द्रधारा आशु खसाल्दै उनी बिलौना गनै थालिन । उनीसँग सोध्दै नसोधी समाजले उनको प्यारो हर्केले दिएको चुरा पोते खोलिदियो । राज्यले चै उनको भविश्य नै खोसिदियो । समजले बिधुवाको उपमा दिएर किरीया बसाल्यो । 

किरीया बसेकै बेलामा हर्केको पाटीले गोप्य रुपमा एउटा चिठी पठायो । त्यसमा लेखिएको थियो – गिरफ्तारीमा परेको एक हप्ता पछि क. हर्कको राज्यले हत्या ग¥यो । क. हर्कको साहदतको उच्च मुल्याङकन पाटीले गरेको छ । वाँहाको सपना पुरा गरिनेछ ।  यी तेह्र दिनमा उनले धेरै कुरा सोचिन । अब मेरो प्यारो हर्केको सपना के हुन्छ ? के हुन्छ गरिबको राज्य ? उनको मथिङगलमा हर्केले भनेको ‘लाटी हामी सबै क्रान्तिमा लाग्नु पर्छ ’ भनेको वाक्य धेरै पटक स्मृत भइरहयो ।

किरीया सकेको भोली पल्ट छोरा छोरी सासु ससुरालाइ जिम्मा लगाएर हर्क बाहादुरको मुक्ति ल्याउने अधुरो सपना पुरा गर्न उनी हर्क बाहादुरको पार्टीको सम्पर्कमा गइन । आफ्नो प्यारो मान्छेको सपना पुरा गर्न दुर्गा हालटाइमर भइन ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धनिपुर्जा हराएको देश

  • ३ जेठ, २०७७

आफ्नै देशको बरखी बारेर मौनधारण गरिरहे जस्ता हिमालहरू राहदानी भिरेर उडानको पर्खाइमा रहेका नदीहरू आत्महत्या गर्न हामफालिरहे जस्ता झरनाहरू अनि

हामीले जिन्दगी बितायौं सरकार बनाएर !

  • २७ बैशाख, २०७७

मर्नलाई विष पनि किनेर खान्छ तिम्रो शहरले जडिबुटी बाँडेर बाँच्छ मेरो गाँउ विचार गर । मान्छेले सुख प्राप्तिका खातिर अनेक अनेक काम गर्नुपर्छ । मलाई पनि

सहरमा मान्छेहरु कुदेको मात्र देख्छु

  • २७ बैशाख, २०७७

मिरमिरेमा गरिबहरु पेट पाल्नको लागि कुदेको देख्छु !  बिहानीमा धनीहरु पेट फाल्नको लागि कुदेको देख्छु !! कस्तो अचम्म हो, यो पेट सबैको समस्या पेटमै