• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 03:00 pm

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३५ अङ्कले घटेर २६०.३२ मा पुगेको छ ।

परिसूचक दुई प्रतिशतले ओरालो लागेपछि नेप्सेले आजका लागि कारोबार बन्द गरेको हो । आज कूल ७४ कम्पनीका १० हजार ५२६ कित्ता शेयर रु ३६ लाख १३ हजार ५२३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २५.६५, व्यापार १२ं६७, होटल ३ं३८, विकास बैंक ७.९२, जलविद्युत् १८.०३, फाइनान्स ३.६३, निर्जीवन बीमा ५७.१७, उत्पादन ३४.२२, अन्य १८.७६, माइक्रोफाइनान्स २३.९६ र जीवन बीमा उपसमूहको शेयर १२९.९७ अङ्कले घटेको छ ।

कारोवर रकमका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु आठ लाख ६२ हजार ९५० मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको रु तीन लाख ९८ हजार १९०, नबिल बैंक रु दुई लाख ८७ हजार १७०, नागरिक लगानी कोषको रु दुई लाख २९ हजार ८४०, प्रभु बैंकको रु दुई १५ हजार २० र छिमेकी लघुवित्त विकास बैंकको शेयर रु ९० हजार ४५० मा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी लक्ष्मी विकास बैंक र तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले समान ३÷३ प्रतिशतले गुमाए । यस्तै नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र नाडेप लघुवित्त वित्तीय संस्थाको समान २.९९ र हिमालनय डिष्ट्रिलरी र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले समान २.९७ प्रतिशतका दरले गुमाए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लकडाउनको अवधिमा पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थ बिक्रीवितरण

  • ९ जेठ, २०७७

काठमाडौं । बन्दाबन्दी अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थको

लकडाउनमा पनि सबैभन्दा ठूलो सबस्टेसनको काम धमाधम  

  • ८ जेठ, २०७७

काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी(लाकडाउन)काबीचमा पनि धनुषामा निर्माणाधीन ४००÷२०० केभी  ढल्केबर

मन्त्री पुनले बुझाए कोरोना कोषमा १ करोड ११ लाख

  • ४ जेठ, २०७७

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ऊर्जासंग सम्बन्धीत निजी क्षेत्रमार्फत संकलित १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ कोरोना