• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कोरोनाको कठोर सत्य : मृत्यु पछिको मोक्षद्वार पनि साँघुरियो 

‘मानवको नश्वर शरीर प्रतिष्ठाको साथ जीवन बिताएपछि पार्थिव शरीरलाई न्युनतम सम्मानको साथ जलाइन्छ, पुरिन्छ । मानौं अर्थी उचाल्नको लागि चारवटा काँधहरु पनि मिलिरहेको छैन ।’

 

एजेन्सी । वाराणसीको मणिकर्णिका घाटमा फुर्सतमा बसेका डोम राजा परिवारका ३५ वर्षीय विश्वनाथ चौधरीले गंगा नदिलाई हेरिरहेका छन् । यहाँ चार घण्टा अगाडी अन्त्येष्टीको ल्याइएको मृत शरीर चिसो भइसकेको छ । २८ वर्ष यही घाटमा जिन्दगी बिताएका उनले न त यस्तो स्वच्छ गंगाजी देखेका थिए, न त सन्नाटा नै । 

सधैं बिहान नुहाइ धुवाई गरेर टिभीको अगाडी बसिरहेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीजीले खुसीको खबर सुनाए । बस्दा बस्र्दै देहलेनले लकडाउन बढायो । सन् २०१९ को आम चुनावमा मोदीको समर्थ नगर्ने चौधरी थोरै चकित भए । 

उनी भन्छन्– ‘यस पटक मोदीजी बरानस आउँदा उनले गंगामा रहेको स्टीमहरु रोक्न भन्नेछन् किन भने उनीहरुको अनुसार स्टीमहरुले गंगाको किनारामा धेरै धुवाँ फैलाएका छन् ।’

मणिकर्णिका घाटको बारेमा भन्ने गरिन्छ, यहाँ आएका चित्ता कहिल्यै चिसो हुँदैन । पूर्वी उत्तर प्रदेश, बिहार र छिमेकी देश नेपालका हिन्दुहरु पनि आफ्नो मृत प्रियजनहरुलाई मोक्ष मिल्छ  भनेर अन्त्येष्टीको निम्ति यहाँ ल्याउँने गर्छन ।

यहाँ पुस्तौदेखि लाशहरु जलाउँने अधिकार केवल चौधरी परिवारलाई मात्र छ । गंगा किनारको शहर उत्तरी छेउमा अवस्थित यस घाटको प्लेटफर्महरुमा दैनिक ५० देखि ७० शवहरु दाहासंस्कार गरिन्छ ।

उनीहरु बिहान सबेरै आउँछन् अनि थाकेर राती फर्कन्छन् । आजकाल सामान्यतया दिनमा १० देखि १२ शवहरु आउँछन् ।

लकडाउन खुल्ने आशा टुटेपछि उनीहरुमा उदासीनता छाएको छ । यहाँ मृत शरीर नआउँनुको वास्तविक कारण भनेको सरकारी आदेश हो । जहाँ मानिसहरुलाई गाउँ–जिल्ला नजिकैको ठाउँमा दाहसंस्कार गर्न भनिएको छ । 

यसको प्रभाव चारैतिर छ । उदाहरणका लागि गंगाका दुई घाटहरुलाई लिन सकिन्छ, ‘प्रयागराजको दरियागंज रसुलाबाद र उत्तर प्रदेशको सबै भन्दा ठूलो तिर्थस्थल ।’ दुबै मिलाएर १ सय शवको ठाउँमा आजकाल १०–१२ शव मात्र आइरहेका छन् । 

प्रयागराज र आसपासका जिल्ला बाहेक मध्यप्रदेशका रेवा सतनालगायतका छिमेकी जिल्लाहरुबाट दुई चार वटा शवहरु दैनिक आउँथे । तर अहिले जिल्लाको सीमानामा सिल हुँदा र प्रहरीको कडा निगरानीको कारण शवहरु आउँन सम्भव नै छैन । 

दारागंजमा चित्ताको लागि काठ बेच्ने राजकुमारको फोनबाट प्राप्त रिपोर्टले यो कुराको पुष्टि गर्छ– ‘मान्छेहरु आफ्नै गाउँको नजिकको ठाउँमा दाहसंस्कार गरिरहेका छन् ।’ 

कोरोना महामारीमा मरेकाहरुको दुर्भाग्य हेर्नुस्, संक्रमणको डरको कारण काँध  थाप्ने ४ जना मानिसहरु भेट्न गाह्रो छ । घर परिवार आफ्न्ताहरु पनि पछि हटिरहेका छन् सरकारी प्रतिबन्धले गर्दा अन्त्येष्टीमा १०÷२० जना सहभागी हुन पनि कठिन भइरहेको छ । 

शवयात्रा निकालनको लागि जिल्ला कार्यलयमा अनुमति लिनुदेखि शवलाई टाढा लगेर अन्त्येष्टी गर्ने लयातका रिर्पोटहरु पनि आएका छन् । कतै अन्त्येष्टीका कामहरु ह्वाटसप कल मार्फत पनि भइरहेको छ । साथै समाचारमा विज्ञापन दिएर शव वरपर देखा नपर्न अनुरोधसम्म गरिएको छ । 

मानवको नश्वर शरीर प्रतिष्ठाको साथ जीवन बिताएपछि पार्थिव शरीरलाई न्युनतम सम्मानको साथ जलाइन्छ, पुरिन्छ । मानौं अर्थी उचाल्नको लागि चारवटा काँधहरु पनि मिलिरहेको छैन । यो अवस्था केवल कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको मात्र नभएर सामान्य मृत्यु हुनेहरुको हो । १.४० लाख भन्दा धेरै मानिसहरुको कथा फरक छ । जिल्ला–जिल्ला हरेक शहरमा यही अवस्था छ ।
........... 
आदेश, डर कलह
चारैतिर डरै डर असहजताको भावना छ । बिहारको नवादा जिल्लाको यो घटनालाई लिन सकिन्छ, जब काउकौल ब्लाकको पाण्डे गंगौट गाउँमा ७० वर्षीय आकाश देवीको मृत्यु भयो । जिल्लाभित्रका चार जना छोरीहरु त पैदल हिडेर त्यहाँ पुगे तर बाहिर भएका दुई छोरी अन्तिम संस्कारमा समेत सहभागी हुन सकेनन् । एक छोरी रोखा देवी आँखाभरी आसुँ पार्दै भन्छिन्– ‘आमाले हामी सबैलाई यतिधेरै माया गर्नुभयो । तर चारैतिरको बन्दको कारण दुई बहिनी आउँन सकेनन् । पसलहरु पनि बन्द भएको कारण हामीले कफनसम्म पनि दिन सकेनौँ । यस्तो मृत्यु भगवानले कसैले पनि नदिउँन् ।’

आकाश देवीका छोरा ब्रजराजले एक महत्वपूर्ण कुरा थपे– ‘सरकारबाट कुनै निर्देशन नभएको कारण अन्तिम संस्कार पनि शंकाको वातावरणमा गरिएको थियो । किन भने कतै प्रहरी प्रशासनले रोकावट नगरुन् ।’

बिहारका मुजफ्रपुरको पारे मझोलियाका ५८ वर्षीय रोशन आराफलाई लिन सकिन्छ, क्यान्सरका कारण दिल्ली अस्पतालमा उनको गत अप्रिल ३ मा राती निधन भयो । दिल्लीमा लकडाउनको कारण अन्तयेष्टी प्रार्थना (नमाज) सम्भव थिएन । उनलाई एम्बुलेन्समा उनको गाउँ लगियो र पुरियो । तर उनको छोरा र ज्वाइँ दिल्लीमै रोकिए । 

विवाहदेखि क्यानसर पीडित रोशन आराफ सामान्य जीवन बिताई रहेका थिए । लकडाउनले अन्तिम क्षेणमा अजिथसँग भेट गर्ने वा यात्रामा उनलाई काँधमा लिने अवसर पनि छिन्यो । 

मध्य प्रदेश महासागरको किस्सा केही फरक छ । तीन हप्ता अघि एक महिलाको सामान्य मृत्यु हुँदा भोपालमा बस्ने छोरी कुनै उपाय लगाएर अन्तिम संस्कारमा त आइन् तर उनलाई क्वारेन्टाइमा राखियो । 

अब उनीहरु सागरबाट छिट्टै फर्कने सम्भावना छैन । नाम न छाप्ने सर्तमा ती महिलाले भनिन्– ‘मलाई यति धेरै कठिनाई हुन्छ, त्यसको कुनै अनुमान थिएन । जसरी भएपनि अन्तिम पटक आमाको अनुहार हेर्न त आएँ । मलाई थाहा छैन, भोपाल पुगेपछि फेरि क्वारेन्टाइनमा राखिन्छ कि राखिदैन ?’

मध्य प्रदेशका इन्दौर सहरको इलाकामा स्वास्थ्यकर्मी माथि मुसलमानहरुले ढुंगा प्रहार गरेको खबर थियो । तर यस शहरको तोडा जुना क्षेत्रका मुसलमानहरुले फरक उदाहरण पेश गरे । यस क्षेत्रको गणेश मन्दिर नजिकै बस्ने दुर्गा माँ नाम गरेकी एक बृद्धाको मृत्यु भयो । उनका दुई छोराहरुसँग अन्तिम संस्कार गर्न प्रयाप्त पैसा पनि थिएन । धेरै व्यक्तिहरु चिनेका पनि थिएनन् । तर छेउमै रहेका मुसलमानहरुले पैसा संकलन मात्र गरेनन काँध दिए अनि अन्तिम संस्कारमा साथ पनि दिए ।

मुम्बई र वरपरका क्षेत्रहरुमा संक्रमणको डरले गर्दा सामान्य मृत्यु भएकाहरुको अन्तिम संस्कारमा आफ्न्ताहरु सहभागी हुनबाट टाढिरहेका छन् । दाहसंस्कारमा कोरोनाबाट मृत्यु भएको हैन भन्ने प्रमाण दिनुपर्छ । शवलाई राख्नको लागि स्यानिटाइजर छर्न कोरोना प्रोटोकलको पालना गर्नुपर्छ । जसले आफन्त गुमाएका हुन्छन् त्यो क्षण उनीहरुको लागि झन् पीडादायी हुन्छ । 

घरका मानिसहरुलाई फोनमा सम्झाएर अर्थी बनाइन्छ । मुम्बईको अन्त्येष्टी संस्था सेवाका कार्यकर्ता गौतम पवरलाई डर छ, लकडाउन लामो समय भयो भने कफन, बाँस र माटोको भाडाहरु सकिन्नेछ । तर अहिले केही स्ट्रक छ । 

एनले भने– ‘हामी फूलको सट्टा चन्दनको हार दिन्छौ । मृत्यु प्रमाणपत्र वा अन्य काजहरुको लागि राजतन्त्र र प्रहरीले सहयोग गरिरहेका छन् ।’ अन्त्येष्टी हुनु अगाडी प्रशासनबाट शवयात्रा लिनको लागि नै धेरै खर्च भइरहेको छ । परिवारले अन्तिम संस्कारको लागि कफनको कपडा जम्मा गर्न भन्दा धेरै समय प्रशासनसँग अनुमति लगायो । किन भने उनीहरु धेरै बिदामा हुन्छन् । अनुमति मिल्यो भने मात्र अन्तिम यात्रा सुरु हुन्छ । 

रास्थानको मरुभूमि जिल्ला जैसलमेर, बाडमेर जोधपुर आदिमा अन्तिम संस्कारको लागि जिल्ला प्रशासनको अनिुमति अनिवार्य बनाइएको छ ।  त्यस अन्तिम संस्कारमा केवल २० व्यक्तिमात्र सहभागी हुन पाउँछन् । तर, राजस्थानको बिकानेर शहरका एक पण्डितले गत अप्रिल १२ मा ह्वाटसप कलमार्फत अत्यष्टी गर्ने अनौठो तरिका निकाले । वास्तवमा ३० वर्षीय चालक पसन मचन्द माली गत अप्रिल १० मा पथरीको कारण मरे । उनको श्रीमति छिमेकी तारदेवी चुरु जिल्लाको दुर्गम गाउँ माइतमा थिइन । मानवीय पक्षलाई ध्यानमा राख्दै एक स्थानीय भाजपा नेता र जिल्ला कलेक्टरको मद्दतबाट ११ दिनपछि तारादेवी बिकानेर गाउँमा ल्याइयो । लकडाउनको कारण बजार बन्द भएको त्यही दिन आवश्यक सामान जुटाउँ निकै कठिन भयो । 

बल्ल–बल्ल सामानको व्यवस्था गरेर त्यस क्षेत्रको पार्षदको सहयोगमा घरबाट २ किलोमिटर टाढा लगेर दाहसंस्कार गरियो । २० वर्षदेखि किरियाकर्म गराइरहेका पण्डित किशन महाराज यो महामारीबाट टाढै बसिरहेका थिए । यस्तो अवस्थामा उनलाई काजकिरिया–कर्मको लागि मनाउँन सजिलो थिएन । त्यसैले उनले ह्वाटसप कल मार्फत किरियाकर्म गरे । उनी भन्छन् –‘जीवनमा पहिलो पटक यस्तो गर्नु पर्यो । बच्चालाई जस्तै हरेक कुरा सिकाउँनु परेको थियो । महामारीको कारणले गर्दा अरु उपय थिएन । मेरो क्षेत्रमा कर्फ्यू थियो । त्यसैले यस्तो तरिका अपनाउँनु मेरो बाध्यता हो ।’

ओडिशाको जगन्नाथ पुरी धामको दाहसंस्कार स्वर्गद्वार बारे पौराणिक मान्यता छ । त्यहाँ अन्त्येष्टी गर्दा मुक्ति मिल्छ । अर्थात् स्वर्गमा पुगिन्छ । शास्त्रले यो पनि भनेको छ, स्वर्गको सीढी स्वर्गद्वार भएर नै जाने गरेको छ । महाप्रभु जगन्नाथको दन्त्य कथामा देवताहरु पनि प्रभूलाई भेट्न स्वर्गद्वारको बाटो भएर जाने गरेको वर्णन पाइन्छ । 

नजिकैका पसलेहरुले बताए अनुसार दैनिक ७०–८० शवहरु आउँने ठाउँमा अहिले ५–६ वटा मात्र आउँने गरेको छ । त्यो पनि पुरीको मात्र । कटक, सम्बलपुर, बलंगीर, कोरापुट, गंजम जस्ता जिल्लाहरुमा प्रशासनिक कडाईका कारण गाउँहरुमा शवयात्रा गरिएको छ ।
........
तपार्इं कहाँबाट जानु हुन्छ ?
अर्को कुम्भनगरी हरिद्वारमा अन्त्यष्टी सम्बन्धि प्रशासनले अनौठो नियम बनाएको छ । उत्तराखण्डका प्रहरी महानिर्देशक अशोक कुमारले यस कुराको स्पष्ट पारेका छन् । यस्तो परिस्थितमा मानिसहरु अगाडी नै शोकमा डुबेका छन् । त्यसैले कुनै पनि शवलाई हरिद्वार लैजानको लागि रोकियोस् । यसको लागि हरिद्वार जिल्ला अधिकारी रविशंकरले राज्यको मुख्य सचिवालयमा पत्र पठाएका थिए । 

यसमा उनले छिमेकी राज्यहरु उत्तर प्रदेश, दिल्ली, हरियाणन, हिमाचल प्रदेशका पंजाबहरुलाई मृतकको लाश हरीद्वारमा नलिन आग्रह गरेका छन् । अस्तु विसर्जनको लागि आएका पनि जिल्लाका सीमनाबाट फर्किरहेका छन् । हरिद्वारका दुई शवदाह खड्की र कान्खालमा मौनता छाएको छन् । 

गोमती खोलाको किनारा अवस्थित उत्तर प्रदेशको राजधानी लखनउको श्यामघाटका ठेकेदार रुको मुहारमा चिन्ताको भावहरु देखिन्छ । गत अप्रिल १० मा एक हप्ताको लागि पुग्ने काठ पनि थिएन । त्यही उभिएका महापात्र राजेन्द्र मिश्र भन्छन्– ‘एक त काठ आइरहेको छैन, अर्को उनीहरुले काठको पैसा बढाएका छन् ।’ नगर निगमले काठको मूल्य एक क्विनटलको ५५० भारतीय रुपैयाँ तोकेको छ । बजारबाट ५५० रुपैयाँमा आएको काम अहिले मुस्किलले ६५० रुपैयाँ क्विन्टलमा पाइन्छ । यदि काठ पाइएन भने शव जलाउन समस्या हुन्छ । तर काठको व्यवस्था भएन भने विद्युतीय माध्ययमबाट शव जलाउनु बाहेक विकल्प हुँदैन । 

भान्सकुण्डको एक तर्फ रहेको विद्युतीय घाटमा दैनिक ११देखि १२ शवहरु आइरहेका छन् । पहिला चार वटा मात्र आउँथ्यो । काठ कम हुँदा र बाहिरबाट काठ ल्याउँन सम्भव नभएपछि नगर निगमले विद्युतीय माध्यामबाट शवलाई जलाउँने व्यवस्था तीव्र रुपमा सुरु गरेको छ । नगरपालीकाका आयुक्त इन्द्रिणि त्रिपाठीले भान्सकुण्डमा दोस्रो विद्युतीय श्मशानघाट तयार पार्नको लागि निर्देशन दिएका छन् । 

कोरोना संकटले अन्त्येष्टीपछिको अस्तु कलश यात्रासमेत रोकेको छ । अस्तु कलशलाई मोक्षधामको लकरमा राखिन थालिएको छ । आगराको मोक्षधामको एक कोठामा १२० भन्दा धेरै अस्तुका कलश राखिएको छ । यहाँका विद्युतीय शव गृहका प्रमुख राजीव जैन भन्छन्– ‘२५ मार्चदेखि १० दैनिक १०–१२ शव विद्युत शवगृहमा आएका छन् । तीमध्ये धेरैले अस्थिपछि लिन आउँने भन्दै कलशलाई त्यहीँ छोडेका छन् ।
.........

मृत्यु दरको वास्तविक तस्विर 
ध्यान दिनुपर्ने कुरा के छ भने, भारतमा दैनिक करिब ४५० का दरले सडक दुर्घट्नासहित करिब २८००० मानिसहरु मर्छन । जनसंख्या र धार्मिक अनुपातबाट (हिन्दु, मुस्लिम अन्य) हेर्दा यसमध्ये ८० प्रतिशतको जलाउँने र बाँकीलाई गाड्ने र अन्य विधिबाट अन्तिम संस्कार गरिन्छ । यस्तो अवस्थामा साना ठूला शहरहरुमा दैनिक ६० देखि ७० अन्त्येष्टी गरिन्छ । सयौँ मानिसहरु त्यस शव यात्रामा सहभागी हुन्छन् । एक अन्त्येष्टिमा करिब २०–३० जना मानिसहरु सहभागि हुनुको अर्थ ,दैनिक १० देखि २० लाख मानिसहरुले यस श्मघाटको  सामना गर्नु । 

अब लकडाउनको दोस्रो पक्ष भनेको सडकहरु बन्द छ । यस्तो अवस्थामा केही अपवाद बाहेक ४५० मान्छेले नयाँ जीवन पाएको छ । यस्तो दुर्घटनामा मर्नेहरु उमेरको हिसाबले १५ देखि ४५ वर्ष उमेरका हुन्छन् जो परिवारको कमाई गर्ने मानिस हुन्छ । अर्को सत्य यो पनि छ, यदि सडक जीवन चाँडै सुरु भएन भने लाखौं कामदारहरु भोकमरीको कालमा पर्ने छन् । 

घट्दो मृत्युलाई केही सामाजिक गणना गरिएको छ । नागपुरमा इको–फ्रन्डली लिभिङ्ग फाउन्डेशनका अन्त्येष्टी संस्थाका अध्यक्ष विजय लिमाएले दाबी गरे– ‘अहिलेसम्म सामान्य मृत्युमा लकडाउनको कारण ३० प्रतिशत कमि भएको छ । मर्ने मानिसहरुमा पनि बुढा बुढीका संख्या कम छ ।’

शहरका मानिसहरुले गरेको छलफल अनुसार केही कुरा सुन्नमा आएको छ कि, कोरोना भाइरसको डरले गर्दा बुढापाका मानिसहरु पुरै परिवारको हेरचाहामा छन् । जसले उनीहरुलाई नयाँ उर्जा दिन्छ र बाँच्ने चाहानालाई जगाउँछ । लिमायेका अनुसार नागपुरमा दैनिक सामान्य मृत्युको संख्या करिब ७२ देखि७५ हुन्थ्यो एक वर्षमा २१ सय हुन्थ्यो । तर, अहिले घटेको छ । सुरुका दुई दिन त दाह संस्कार नै भएन । भनिन्छ नि कुनै पनि चित्रको समान पक्ष हुँदैन ।’

(एजेन्सीको सहयोगमा आयुष्मा बस्नेतको अनुवाद ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर