• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 04:19 pm

सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध

बैतडी ।  जिल्ला अस्पताल बैतडीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । जिल्ला अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै धेरै भीडभाड हुने क्षेत्रमा सङ्क्रमणको जोखिम हुनसक्ने भएकाले अस्पतालले आउनुपरे सावधानी अपनाएर र सतर्क रहन अनुरोध गरेको हो । 

 अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा वसन्तराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबैखाले बिरामी आउने भएकाले अस्पतालमा जोखिम बढिरहेको र सङ्क्रमण भइहाले पनि गाउँगाउँसम्म पनि फैलने भएकाले अत्यावश्यकबाहेक सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध गरिएको छ  । 

आकस्मिक सेवा २४सै घण्टा र कोरोना क्लिनिक बिहान १० देखि ३ बजेसम्म उपलब्ध रहेको जानकारी गराउँदै अस्पताल आउनुपूर्व ०९५–५२००६५मा फोन गरेर आउन अनुरोध गरेको छ । कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएमा नजिकको स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरिएको छ । सरकारले घोषणा गरेको लकडाउनको पूर्णपालना गर्न, सतर्क रहन र त्रसित नबन्न पनि अस्पतालले भनेको छ । कोरोनाको सङ्क्रमण फैलिहाले पनि कुनै औषधि नभएकाले आत्मबल बढाउनसमेत जोड दिइएको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट

कर्णालीमा कोरोना संक्रमितको सख्या २३ पुग्यो

  • १३ जेठ, २०७७

सुर्खेत । कर्णालीमा थप १२ जना  कोराना संक्रमित थपिए सँगै  संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकाहरू मध्येबाट सोमबार गरिएको परीक्षणमा थप १२