• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

हृदयघात, क्यान्सर लगायत राेगबाट बच्न भान्सामा दैनिक प्रयोग गर्नुहोस् तामाका भाँडा  

एजेन्सी । हाम्रो पुर्खाहरु विशेष गरी तामाको भाँडामा पानी पिउँने गर्थे । आजकाल धेरै मानिसहरु स्टिल र प्लास्टिकाको भाडा प्रयोग गर्ने गर्छन । तामाको भाँडा प्रयागे गर्दा धेरै फाइदा हुन्छ । आयुर्वेद अनुसार यसले शरीरका तीन दोष (वात,कफ,र पित्त) लाई सन्तुलित राख्छ । यति मात्र होइन यसले शरीरलाई डिटोक्सिंग गर्न सहयोग गर्छ । 

तमामा स्टरलाइजिंग गुण हुन्छ । त्यसैले जब पानी वा कुनै खाद्य सामाग्री तामाको सम्पर्कमा आउँछ त्यसमा भएका किटाणुहरु आफै नष्ट हुन्छ । यसरी तामाको भाडामा पानी राखेर पिउँदा धेरै रोग लाग्नबाट बच्न सकिन्छ । 

पानीमा रहेको किटाणु नष्ट
आज भोलीको समयमा शुद्ध पानी पाउन धेरै मुस्किल छ । धेरै जस्तो मानिसहरुले पानी सफा देखिए पनि दुषित पानी नै पिइरहेका हुन्छन् । यदि दैनिक तामाको भाडामा  पानी पिइयो भने पानीबाट हुने इन्फेक्सनबाट बच्न सकिन्छ । तामाको सम्पर्कमा आएपछि पानीमा भएका किटाणु आफै नष्ट हुन्छ । 

मोटोपन घटाउन
विभिन्न अनुसन्धानले बताए अनुसार तामाको भाँडा खाना खानको लागि प्रयोग गरियो भने यसले तौल कम गर्न सहयोग गर्छ । तामाका मोटोपन कम गर्ने धेरै तत्वहरु पाइन्छ ।  जसले मोटाकोलिज्म बढाउँछ  । जसले गर्दा बोसो निमार्ण हुन कम हुन्छ । 

थाइरोइड नियन्त्रण 
थाइराइडको समस्या शरीरमा थाइरोक्साइ हर्मोन असन्तुलनको कारण हुन्छ । यस्तो अवस्थामा अचानक तौल घट्ने र बढ्ने समस्या देखिन्छ । तर तामाको भाँडामा राखिएको पानी पिउँदा हार्मोन नियन्त्रण हुन्छ । 

स्मरण शत्तिल बढाउन
दैनिक रुपमा तामाको भाँडामा पानी पिउँने र तामाकै भाँडा खाना खानको लागि प्रयोग गरियो भने यसले स्मरण शक्ति बढाउन मद्दत गर्छ । साथै उमेर बढेसँगै स्मरण शक्तिमा आउने समस्यालाई रोक्न मद्दत गर्छ । 

मुटु स्वस्थ राख्न 
दैनिक तामाको भाडामा राखेको पानी पिउँदा यस्ले रक्तचापलाई नियनत्रण गर्छ । साथै खराब कोलेस्ट्रोल क मगर्न मद्दत गर्छ । हुदयघात र स्ट्रोकको जोखिमबाट बचाउँछ । यसको साथै पित्त र कफमा आउने समस्या कम गर्छ । 

उचित पाचन 
तामामा पाचन पक्रिया बलियो बनाउने तत्व पाइनछ । रातीको समयमा तामाको भाडामा पानी राखेर बिहान पिउने गरियो भने यसले पाचन प्रक्रियालाई सन्तुलीत राख्छ । 

क्यान्सर रोकथाम
विभिन्न अनुसन्धानकर्ताहरुका अनुसार तामाले क्यान्सरको सुरुवात रोक्न मद्दत गर्छ । किन भने यस्मा क्यान्सर विरोधि तत्व पाइन्छ । तामाको भाडाको पानीले आन्तरिक सफाईको लागि प्रभावकारी हुनछ । 

चम्किलो छाला
राती तामाको भाँडामा राखिएको पानी दैनिक बिहानको समयमा पिउँदा यसले पेटलाई सफा राख्छ । यसरी र्दैनिक प्रयो गर्दा छालालाई शरीरसँगै डिक्सोक्स गर्छ । जसले अनुहारमा चमक दिन्छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर