• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सिंगापुरमा ‘जुम भिडियो कल’मार्फत् फाँसीको सजाय सुनाइयो

एजेन्सी । सिंगापुरमा एक अदालतले ‘जुम भिडियो कल’ माध्यमको प्रयोग गरेर एक मलेसियाली नागरिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । 

सिंगापुरमा भिडियो कल मार्फत् मृत्युदण्डको घोषणा गरिएको यो पहिलो घटना बताइएको छ । ३७ वर्षिय पुनिथन गेनसानलाई सन् २०११ मा अदालतले हिरोइनको तस्करीको एक मुद्दामा दोषी ठहराएको थियो । 

यद्यपि, पुनिथनले यस मामिलामा कुनै पनि प्रकारको संलग्नता रहेको अस्विकार गर्दै अदालतको यस फैसला विरुद्ध अपिल गर्ने बताएका छन् । 

अदालतमा भिडभाड हुनसक्ने अवस्थालाई मध्यजनर गर्दै थुप्रै देशहरुले अदालतको कारवाहीलाई अनलाइन गर्ने निर्णय लिएको छ । सामाजिक दुरीलाई ध्यानमा राख्दै यस प्रकारको निर्णय लिइएको छ । 

यसै महिनाको सुरुवातमा नाइजेरियामा पनि एक व्यक्तिलाई सन् २०१८ मा भएको एक हत्यामा संलग्नमा दोषी पाएपछि जुम भिडियो कलमार्फत् फाँसीको सजाय सुनाइएको थियो । यद्यपि, ह्युमन राइट्स वाचले उक्त फैसलालाई ‘क्रुर र अमानवीय’ बताएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर