५ जनामा कोरोना देखिएपछि क्वारेन्टाइन सील

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकास्थित गंगुुलीमा रहेको प्रादेशिक क्वारेन्टाइन स्थलमा आधा दर्जन व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि अहिले सो क्वारेणटाइनलाई सील गरिएको छ । 

धनुषाको नगराईन नगरपालिका वडा नम्बर ५ गंगुलीमा प्रदेश सरकारले निर्माण गरेको प्रादेशिक क्वारेन्टाइनमा रहेको ५ जनामा संक्रमण देखिएपछि सील गरिएको हो ।

प्रादेशिक क्वारेन्टाइन स्थलमा एक साता भित्रमै ५ जनामा कोरोना पोजेटिभ रहेको पुष्टी भई सकेको छ । भारतको विहार, उत्तरप्रदेश, दिल्लीबाट प्रहरीलाई छलेर नेपाली सीमामा प्रवेश गरेका स्थानीयहरुलाई सो क्वारेण्टाइनमा राखिएको हो । जसमध्ये ५ जनामा एक साता भित्रै कोरोना पोजिटिभ पाइएको छ । 

कोरोना संक्रमितहरुको रिपोर्ट फरक फरक मिति आएकाले अहिले सो स्सथललाई सील गरिएको बताइएको छ । 

प्रादेशिक क्वारेण्टाइनमा रहेकाहरुमध्ये जेठ ३ गते १ जना, जेठ ४ गते २ जना र जेठ ६ गते २ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । सो क्वारेन्टाइन स्थललाई नेपाली सेनाको सहयोगमा सील गरिएको क्वारेन्टाईन स्थलका संयोजक सन्तोष ठाकुरले जानकारी दिएका छन् । धनुषाको महेन्द्रनगर स्थित श्रीनाथ गणका नेपाली सेनाका कर्नेल गजेन्द्र रावलको नेतृत्वको टोलीले क्वारेन्टाइनलाई सिल गरेको हो । 

क्वारेन्टाइनलाई सील गरिएपछि सो क्वारेण्टाइनमा रहेका ४८ जनामध्ये कसैलाई पनि सील रहेसम्म बाहिर जान नदिइने र नयाँ व्यक्तिलाई समेत नराखिने संयोजक ठाकुरले बताए ।  

१ सय २० शैय्याको रहेको सो क्वारेण्टाइनमा अहिले सम्म २ सय २० जनालाई राखिएको छ जसमध्ये ५ जना संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ, १ सय ४१ जना घर फर्कि सकेका छन् भने बाँकी अहिले पनि क्वारेन्टाइनमै छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर