• शनिबार ३-२०-२०७७/Saturday 07-04-2020/ 10:03 pm

माछी मार्न जाऔं न दाजै, कालापानीमा...

दुईदिन अगाडि हामीले ३३५ बर्ग किलोमिटर क्षेत्रफल सहितको लिम्पियाधुरा, लिपुलेक र कलापानीक्षेत्र समाबिस्ट राष्ट्रिय नक्सा प्राप्त गर्‍यौं । छिमेकीको कुद्रुस्टीको शिकार भएको हाम्रो माटोलाई हाम्रो नक्शाभित्र समेट्न सक्ने शाहस गरेकोमा म सर्वप्रथम नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
................................

सारा संसारनै कोरोनाको संकटमा जुधिरहेको मौका छोपेर नेपाली भुमी हुंदै मानसरोवर पुग्ने बाटोको उद्घाटन गरी नेपालको सर्वभौमिकता माथि धावा बोल्ने छिमेकी भनौदाको कुचेस्टालाई नेपाल सरकारले जारी गरेको नयाँ नक्सा मार्फत एउटा नराम्रो झापड हान्न सफल भएको छ । यो झापडलाई हामी सबै नेपालीहरुले ताली बजाएर अनुमोदन गरिसक्यौ, सवा तीन करोड नेपालीहरुले अनुमोदन गरेको यो झापडले छिमेकीको दाहिने गाला नराम्ररी चड्किसकेको छ भन्ने खबर छिमेकिकै मिडियाहरुले पोखिरहको आर्तनादबाट प्रस्ट हुन्छ ।
.........................................
अतः नेपाल सरकारले निक्कै ठुलो आँट र शाहस गरेर हाम्रा अतिक्रमित भुमिलाई नेपालको नक्सामा समाहित गर्नुलाई सफलताको एउटा कडी भनेर मान्न सकिछ तर पूर्ण सफलता भने मान्न सकिन्न । अतिक्रमित हाम्रो भुमिलाई देशको नक्साभित्र समाहित गर्दैमा हामी खुशी भईहाल्नु पर्ने अवस्था पनि देख्दिनँ । किनकी, हाम्रो नक्सामा समेटिएको हाम्रो भूमीलाई निर्वाधरुपमा प्रयोग गर्न पाउनु अबको हाम्रो अर्को चुनौती हो ।
................................
हामीले लिम्पियाधुराको चिसो माटोमा सुन्तला फलाउन सक्छौ कि सक्दैनौ ? पार्वतीकुण्ड देखी गुन्जोसम्म कालोपत्रे सडकको निर्माण गरी हाम्रै सवारी साधन कुदाउन सक्छौकी सक्दैनौं ? कुटी, नाभी र छाङरुमा भेडाबाख्रा अनी चौरीहरु डुलाउन सक्छौ कि सक्दैनौं ? दशकौ देखी हाम्रो भुमिमा परेड खेलीरहेका छिमेकी सुरक्षकर्मीको दस्तालाई विस्तापित गरेर आफ्नै सुरक्षाकर्मिको क्याम्प खडा गर्न सक्छौ कि सक्दैनौं ? अनी नेपाली शान र मानको प्रतिक राष्ट्रिय झण्डालाई लिपुलेकको चुचुरोमा फरफराउन सक्छौकी सक्दैनौं ? यी प्रश्नहरुको उत्तर खोज्ने बेला आएको छ । प्रश्नको उत्तर खोज्ने मात्र होइन 'हामी सक्छौ' भन्ने साहशिलो उत्तर दिनको लागि प्रत्येक नेपाली तयार हुनु पर्ने अवस्था पनि आईसकेकोछ । प्रत्येक नेपालीले प्रस्तुत गर्ने शाहस, हिम्मत र आँटलेनै सरकारलाई आगामी कदम चाल्नको लागि नैतीक दवाबका साथै अझ थप बल मिल्ला ।
........................................
हामीले खपत गर्ने दैनिक उपभोग्य सामाग्री मध्ये ७० प्रतिशत सामाग्री भारतीय बजार बाटनै आयात हुने भएकोले भारतले हाम्रो आँट,साहस र हिम्मतलाई टुटाउन ‘नाकाबन्दी’को घोषणा नगर्ला भन्न सकिन्न । किनकी ०७२ सालको भुकम्पको कस्टकर घडीमा समेत हाम्रो छीमेकीले हामीलाई अघोषित नाकाबन्दिको अनुभव दिलाईसकेकोछ । भारतले हामीलाई देखाउन सक्ने डर, धाक वा धम्की भनेको एउटै हो : उपभोग्य सामाग्री निर्यातमा रोक । भारतको यो धम्कीलाई लत्याउन सक्ने हाम्रो प्रमुख शस्त्र/अस्त्र भनेकोको नै हाम्रो आत्मविश्वाश हो । अतः यदी भारतले हामीलाई नाकाबन्दीको फर्मुला प्रयोग गर्ने अवस्था आयो भने यस्का लागि हामी सम्पूर्ण नेपालीहरु मानसिक रुपमा तयार छौ त ? भोली ग्याँस, डिजेल र पेट्रोल नपाईन सक्छ, चामलको अभाव हुन सक्छ । अदुवा, प्याज र लसुन नभित्रिन सक्छ अनी चिनी नपाईन सक्छ । यस्तो अवस्थामा आएको खण्डमा हामी के के गर्न तयार छौं ? के हामी ग्याँसको सट्टा गुईठो बाल्न तयार छौं ? पेट्रोलको अभावमा गाडी चल्न सक्दैन, पैदल हिंडेर यात्रा तय गर्न तयार छौं ? चामलको अभावमा भात खान नपाईएला, भोकभोकै मर्न तयार छौं ? अदुवा, लसुन र प्याजबिनाको खल्लो 'खोले' खाना तयार छौ कि छैनौं ? मधुमेहलाई बढावा दिने चिनियुक्त चिया छोड्न तयार छौ त ? यि यावत प्रश्नहरु हाम्रा लागि हुन्, यि प्रश्नको जवाफमा ‘म तयार छु’ भन्ने हिम्मतिलो जवाफ जबसम्म आउँदैन तबसम्म कलापानी, लिपुलेख र लिम्पियाधुराले देशको नक्सा भित्रबाट हामीलाई गिज्याइरहेको हुनेछ र भनिरहेको हुनेछ धिक्कार, तिमीहरुको राष्ट्रवाद !’
......................................
मैले यि शब्दहरु लेखिरहँदा यतिखेर भारतीय मिडियाहरुले नेपाल र नेपालीहरुको स्वाधिनता माथि 'थर्ड क्लास'को टिप्पणीहरु गरिरहेका छन् । यि यस्ता टिप्पणीहरुले म भित्र आक्रोशको रक्तसंचार भईरहेको छ । तर, भगवान गौतम बुद्दको धर्तीमा जन्मिएकी म नेपाली चेलीले संवाद, शान्ती र सौहाद्र ब्यवहारमा विश्वाश गर्ने गरेकी छु । मलाई थाहाछ , बम र बारुदको बिस्फोटनले गरेको युद्द भन्दा मन र मस्तिस्कको सम्म्रिश्रणले लडेको युद्द सफल हुन्छ । अत: हामी सबैले स्वंयमित हुँदै हाम्रो राष्ट्रिय स्वाधिनतालाई जोगाउनु छ । हामीले हाम्रो भावी पुस्तालाई-च्यात्तिएको नेपाल होइन, सग्लो नेपाल दिनुछ । अँधुरो, अपुरो र अधकल्चो नेपाल होइन सिङ्गो नेपाल दिनुछ । लोलाएको ,सेलाएको र झोक्राएको नेपाल होइन कलकलाएको, फुलेको र फलेको नेपाल दिनुछ । यसर्थ, आउनुस् स् हामी समस्त नेपालीहरु एकढिक्का होऔ । काँग्रेश र कम्युनिस्टको सोच त्यागौं । जातिय संकिर्णतालाई भुलौ । धार्मिक पर्खाललाई भत्काइदिऔ । हाम्रो एकता नै हाम्रो लागि सबै भन्दा ठुलो आणविक 'क्षप्यास्त्र' हो । आउनुस्, हामी एकाकार होऔ, गोलबद्द होऔ अनी एकै स्वर र लयमा गाऔँ ।
‘माछी मार्न जाउँन दाजै ,कलापानीमा,
छेकी बारी दुवाली महाकालीमा । 

जय नेपाल

उही, नेपालकी छोरी/चेली
श्वेता खड्का

(नायिका स्वेता खड्काले सामाजिक सञ्जाल फेसबुकमा व्यक्त विचार हामीले यहाँ प्रस्तुत गरेका हौं–सम्पादक ।)

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डिभोर्स मित्यानको

  • १९ असार, २०७७

सर्प ! तिमी सभ्य त भएनौँ  शहरमा बस्न पनि  तिमीलाई आएन ।  एउटा कुरा सोधौँ (जवाफ त दिन्छौ ?) कसरी सिक्यौ डस्न, विष कहाँ पाइयो

एमसीसी फोवियाः ‘मुलुकको नीति, छवि र विश्वसनीयताका लागि पारित गर्नु पर्छ’

  • १६ असार, २०७७

१. सन्दर्भः नेपालले असंलग्नता, पञ्चशीलता एवं संयुक्त राष्ट्र संघको बडापत्रले निर्दिष्ट गरेका सिद्धान्तहरूमाथि आधारित स्वतन्त्र र सन्तुलित

नागरिकता विद्येयक पारित गर्नुपर्ने आधारहरु

  • १४ असार, २०७७

यो बताई रहनु पर्ने आवश्यकता छैन कि, २०६४ सालमा जन्मको आधारमा नागरिकता दिने गलत प्रावधानको परिणाम लाखौं गैर नेपाली नागरिकले नेपालको नागरिकता पाउन सफल